महिला नेतृत्व कृषि व्यवसाय प्रदर्शनीमा चक्रवर्ती महिला सहकारीद्वारा विभिन्न वस्तुको प्रर्दशनी

Devghat Online

शेयर गरौ

भरतपुर, चैत १८

चितवनको भरतपुरमा सम्पन्न महिला नेतृत्व कृषि व्यवसाय प्रदर्शनीमा देवघाट स्थित चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्थाले दुग्धजन्य वस्तु लगायत विभिन्न उत्पादनहरुको प्रर्दशनी गरेको छ । शनिबार र आइतबार आयोजित प्रर्दशनीमा उक्त सहकारीले सहकारीको डेरीबाट उत्पादित दुग्धजन्य बस्तु एवं सहकारीका शेयर सदस्यहरुले उत्पादन गर्नुभएको विभिन्न कृषि उपजहरु प्रदर्शनीमा राखेको थियो ।

हेफर इन्टरनेशनल नेपाल र सेवा नेपालको आयोजनामा उक्त प्रर्दशनीमा चक्रवर्ती सामाजिक उद्यमी महिला सहकारी संस्था सहित चितवनको भरतपुर–१६ बिजयनगरको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्था, भरतपुर–२९ जुगेडीको सफल सामाजिक उद्यमी महिला सहकारी संस्था, कालिका नपा–८ गैरावारीचोकको लगनशिल सामाजिक उद्यमी महिला सहकारी संस्था र खैरेनी नपा–७ को सुल्तना सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफ्ना उत्पादनहरु प्रर्दशनीमा राखेको थियो ।

महिलाहरुको नेतृत्व गरेको सहकारीबाट उत्पादित बस्तुहरुको उक्त प्रर्दशनीको कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहले उद्घाटन गरेकी थिइन् ।

प्रर्दशनीमा चक्रवर्ती सामाजिक महिला उद्यमी सहकारीले आफ्नो डेरीबाट उत्पादित दुग्धजन्य बस्तु तथा सहकारीका शेयर सदस्यहरुले बनाउनु भएको चोयाको सामाग्री तथा सामुहिक कृषि खेतीबाट उत्पादित बस्तुहरुको विक्री तथा प्रर्दशनी गरिएको सहकारीकी व्यवस्थापक संगिता ओझाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजद्वारा निःशुल्क पानी र मही वितरण

देवघाट, साउन ७ देवघाटधाममा सुरु भएको बोलवम मेलामा आएका भक्तजनलाई देवघाटधाम जेसीजले निशुल्क पानी तथा

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस मनाइँदै

काठमाडौं, साउन ७ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६ औँ स्मृति दिवस आज विभिन्न