एमाले भानुको अध्यक्षमा रानाभाट र पाण्डेको उम्मेदबारी

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३१

नेकपा एमाले भानु नगर कमिटिको अध्यक्षमा शंकर रानाभाट र हरिबहादुर पाण्डेले उम्मेदबारी दिएका छन् । बुधबारदेखी सुरु भएको नगर कमिटिको दोश्रो अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा रानाभाट र पाण्डेले उम्मेदबारी दिएका हुन् । पाण्डे र रानाभाट दुबै यस अघिका जिल्ला कमिटिका सदस्य हुन् । पाण्डे विगतमा केही समय गन्डकी प्रदेश कमिटिको सदस्य पनि भए भने रानाभाट जिल्ला सचिवालय सदस्य थिए ।

आफु अध्यक्ष भएमा नगर कमिटिको आफ्नै पार्टी कार्यालय भवन बनाउने, एमालेलाई प्रविधिमैत्री पार्टी बनाउने तथा आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई भानु नगरपालिकामा बिजयी बनाउने गरि संगठन निर्माण र विस्तारको काम गर्ने पाण्डेले बताएका छन् । यस अघि प्रेम रानालाई सर्वसम्मत अध्यक्ष बनाउने क्रममा आफुले त्याग गरेको हुँदा यस पटक आफ्नो पालो रहेको पाण्डेले दाबी गरेका छन् ।

यसैगरि रानाभाटले पनि आफु अध्यक्ष भएमा एमालेलाई भानु नगरमा पहिलो शक्ति बनाउने, आगामी निर्वाचनमा मेयर र उपमेयर सहित सवै वडामा एमालेलाई बिजयी गराउने तथा सदस्यता विस्तार र नविकरणको कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

यसैगरि उपाध्यक्षमा रमानाथ बजगाई र मिन गुरुङ्ग, सचिवमा रामकृष्ण देवकोटा र सुरेन्द्र बोहोरा तथा खुल्ला उपसचिवमा कल्याण विक्रम अधिकारी र सागर अधिकारी क्षेत्रीको उम्मेदबारी परेका छ । महिला उपसचिवमा भने पार्वती न्यौपाने सर्वसम्मत भइन् । सदस्य अध्ये अधिकांश वडा र क्लष्टरमा सर्वसम्मत भएको छ । निर्वाचन विहिबार साँझ ५.३० बजेबाट सुरु भएको छ । नगर अधिवेशनमा आयोजक सहित २६० जना प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा तनहुँका विभिन्न स्थानीय तहले दिए सार्वजानिक बिदा

तनहँ । जेठ १९ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँका विभिन्न स्थानीय तहले

शंकराचार्य विधुशेखर भारतीको नेपाल भ्रमणले दिएका सन्देश

६० वर्षपछि शृङ्गेरी शारदामठका जगद्गुरु शंकराचार्य (उत्तराधिकारी) श्री श्री विधुशेखर भारती नेतृत्वमा रहेको ‘जम्बो’ धार्मिक