पुनः मतगणना हुन लाग्दा धम्की आएको भन्दै जोशीद्वारा शान्ति सुरक्षाको माग

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३१

व्यास नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदबार दिपकराज जोशीले मेयर पदको पुनः मतगणना हुने दिन नजिकिँदै गर्दा आफु र आफ्नो परिवारमाथि डर,त्रास र धम्की आउन थालको भन्दै शान्ति सुरक्षाको माग गरेका छन् । जोशीले विहिबार जिल्ला प्रशासन कार्यालयमा निबेदन दिँदै आफ्नो जिउ धनको सुरक्षाको व्यवस्था गर्न माग गरेका हुन् ।

२०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदबारी दिनुभएका जोशीले मतगणनाको क्रममा धाँदली गरि आफुलाई हराईएको दावी सहित मत परिणाम रद्ध गरेर पुनःमतगणना गर्न २०७९ जेठ १२ गते उच्च अदालत पोखरामा रिट हालेका थिए । जोशीको उक्त रिटमाथि उच्च अदालत पोखराले गत जेठ १ गते जोशीको पक्षमा फैसला गर्दै असार २ गते पुनःमतगणना गर्ने व्यवस्था मिलाउन उच्च अदालतका रजिस्ट्रारलाई निर्देशन जारी गरेको थियो । उच्च अदालतको फैसला अनुसार पुनः मतगणना गर्ने दिन असार २ गते नजिकिदै गर्दा आफु र आफ्नो परिवार माथि डर, त्रास र धम्की आउन थालेको हुँदा पुनः मतगणना सम्पन्न नहुँदासम्म भयरिहत र शान्तिपूर्ण वातावरणमा हिडडुल गर्न पाउने वातावरण मिलाई दिन निबेदनमा उल्लेख गरेका छन् ।

स्थानीय तहको निर्वाचनको दिन २०७९ वैशाख ३० गते व्यास नगरपालिका–८ स्थित गाविस भवन फेदीमा रहेको मतदान केन्द्रमा अनुगमनमा पुग्दा त्यहाँ रहेको केही व्यक्तिले जोशीलाई संघातिक आक्रमण गरी घाइते बनाएका थिए । घाइते जोशीको दमाली अस्पतालमा उपचारका लागि आउँदा त्यहाँ उपचार हुन नसकी पोखरा रिफर भएपछि फिस्टेलमा उपचारमा पठाएको थियो । त्यहाँ पनि उपचार हुन नसकी काठमाण्डौ रिफर भै फ्रन्टलाइन हस्पिटलमा प्रारम्भिक उपचार गरेपछि त्यहाँबाट पनि थप उपचारका लागि भारतको न्यूदिल्ली गुरगाउँ स्थित मेदान्त हस्पिटलमा रिफर भई उक्त अस्पतालमा उपचार गरी हालसम्म निरन्तर फलोअपमा जोशीले बताए ।

उक्त आक्रमणको घटनाको सम्बन्धमा आफुले जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकोमा हालसम्म कुनै कारवाही नभएको जोशीले बताए । सो घटनामा गोली हान्ने आदेश थियो भनेर नेपाली काँग्रेसका एक नेताले नै सार्वजनिक सन्चारमाध्यमबाट बोलेको र त्यसपछि पनि म र मेरो परिवार माथि ती व्यक्ति तथा समूहबाट निरन्तर खतरा रहेको जोशीले बताएका छन् ।

मैले उक्त स्थानीय चुनावको मतगणना धाँधली भयो भनेर हालेको मुद्दाको सुनवाई अन्तिम चरणमा भएको अवस्था र यही असार २ गते उक्त मेयर पदको पुनःमतगणना हुने भनेर पोखरा उच्च अदालतले फैसला गरेको जोशीले बताए ।

‘विगतमा आफुलाई आक्रमण गर्नेहरुबाट म र मेरो परिवार यस समय उच्च जोखिम र डर त्रास भय र धम्कीको अवस्था पुनः मतगणनाको समयमा थप बढेको छ ।’ जोशीले भनेका छन् ‘निर्वाचन आचार संहिता २०७९ को दफा १३ (फ) को व्यवस्था विपरित स्थानीय तह निर्वाचनको समयमा घटेको गतिविधि दोहोरिन सक्ने अवस्था विद्यमान रहेको हुँदा म र मेरो परिवारको सदस्यको ज्यूधनको सुरक्षा गरी पूर्ण मतगणना नभइन्जेलसम्म भयरिहत शान्तिपूर्ण वातावरणमा हिडडुल गर्न पाउने शान्तिसुरक्षाको वातावरण मिलाइ पाउँ ।’

जोशीले उक्त निबदेनको बोधार्थ राष्ट्रिय मानव अधिकार आयोग, काठमाण्डौ, राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश, हेल्लो सरकार, सिंहदरबार, निर्वाचन आयोग, कान्तिपथ र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरालाई दिएका छन् ।

यसैविच जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई पत्र लेखी जोशीको जिउधनको सुरक्षाको आवश्यक प्रबन्ध मिलाउन निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग