नेकपा एमाले भानु नगर कमिटीको अध्यक्षमा शंकर रानाभाट बिजयी

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३१

नेकपा एमाले भानु नगर कमिटीको अध्यक्षमा शंकर रानाभाट बिजयी भएका छन् । नगर कमिटीको दोस्रो अधिवेशन अन्तर्गत बिहिवार साँझ भएको निर्वाचनमा रानाभाट १२५ मत ल्याई बिजयी भएका हुन् । अध्यक्ष पदका अर्का उम्मेदवार हरिबहादुर पान्डेले ८९ मत प्राप्त गरेका थिए ।

त्यसैगरि उपाध्यक्षमा रमानाथ बजगाईले १०८ मत पाई बिजयी भए । उपाध्यक्षका अर्का उम्मेदवार मीन गुरुङले १०२ मत पाएका थिए । त्यसैगरि  सचिवमा रामकृष्ण देवकोटाले १४१ मत पाई बिजयी भए भने सुरेन्द्र बोहराले ५९ मत पाएका थिए । त्यस्तै खुल्ला उपसचिवमा कल्याणविक्रम अधिकारीले १३८ मत पाई बिजयी भए भने सागर अधिकारी क्षेत्रीले ७० मत पाएका थिए। निर्वाचनमा बिजयीहुनेहरु सबै रानाभाटको प्यानलका उम्मेदवार थिए । महिला उपसचिवमा भने पार्वती न्यौपाने सर्वसम्मत भएकी थिईन् ।

अधिवेशनको नेकपा एमालेका स्थायी कमिटीका सदस्य तथा पुर्वमन्त्री किरण गुरुङले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले