म्याग्दे गाउँपालिकामा मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रम सन्चालन हुने

Devghat Online

शेयर गरौ

दमौली, असोज १

म्याग्दे गाउँपालिकामा मुख्यमन्त्री नवपर्तन साझेदारी कार्यक्रम सन्चालन हुने भएको छ । स्थानीय सुशासन, सेवा प्रवाह, आर्थिक विकासका क्षेत्रमा नवप्रवर्तनको माध्यमबाट नविनमत सोच र सिर्जनशिलता प्रबद्र्धन गर्ने उद्धेश्यले गन्डकी प्रदेश सरकारले लागु गरेको मुख्यमन्त्री नवप्रबर्तन साझेदारी कार्यक्रम सन्चालनको लागि गन्डकी प्रदेश सरकार र म्याग्दे गाउँपालिकाको विचमा सम्झौता भएको छ ।

मंगलबार मुख्यमन्त्री कार्यालयमा आयोजित कार्यक्रममा म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी र प्रदेश सरकारका सचिव केशवराज ढकाल विच उक्त सम्झौता पत्रमा हस्ताक्षर भयो । उक्त कार्यक्रम अन्तर्गत म्याग्दे गाउँपालिकामा आगामी २०८२ जेठ मसान्तसम्म जैविक कृषि विकासकालागि नवप्रवर्तनशिल मल उत्पादन र बजारिकरण परियोजना सन्चालन हुनेछ । परियोजना असोज २ गतेबाट लागु हुनेछ ।

लागत साझेदारीमा सन्चालन हुने उक्त परियोजनाको कुल बजेट १ करोड २४ लाख हुनेछ । उक्त बजेट मध्ये म्याग्दे गाउँपालिकाले २५ लाख २४ हजार रुपैयाँ साझेदारी गर्नेछ भने बाँकी ७५ लाख रुपैयाँ परियोजना अन्तर्गत मुख्यमन्त्री कार्यालयबाट प्राप्त हुनेछ । उक्त परियोजनाबाट म्याग्दे गाउँपालिकाका ५ सय घरपरिवारका १४ सय नागरिक लाभान्वित हुने लक्ष्य लिईएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

परियोजना कार्यान्वयनकोलागि म्याग्दे गाउँपालिकाले एक जना अधिकृतलाई फोकल पर्सनको रुपमा तोक्नुपर्नेछ । साथै उक्त परियोनजाको आर्थिक तथा भौतिक प्रगतिको बारेमा त्रैमासिक रुपमा प्रतिबेदन तयार गरि प्रथम पक्षको रुपमा रहेको मुख्यमन्त्री कार्यालयलाई बुझाउनुपर्नेछ । यसैगरि गाउँपालिकाले गर्ने सार्वजानिक सुनुवाई कार्यक्रममा मुख्यमन्त्री नवप्रबर्तन कार्यक्रमको विषय पनि समावेश गर्नुपर्नेछ । परियोजनाको बारेमा सार्वजानिक स्थानमा सुचना पाटी टाँस गर्नुपर्ने र खर्चको बारेमा सार्वजानिक परिक्षण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

उक्त परियोजना सन्चालनपछि म्याग्दे गाउँपालिकाका कृषकहरुले जैविक कृषि विकासकालागि नवप्रवर्तनशिल मल उत्पादन र बजारिकरणमा लाभ लिने म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण