बुद्धसिंह मार्गमा पर्ने पाँच वटा पुलको निर्माण कार्यलाई गति दिन स्थानीयको दवाव

Devghat Online

शेयर गरौ

दमौली, पुस २७

बुद्धसिंह मार्गमा पर्ने पाँच वटा पुलको निर्माण कार्यलाई गति दिन स्थानीय समुदायले दवाव दिएका छन् । शनिबार पृथ्वीराजमार्गको घुमाउनेमा बृहत जनदवाव कार्यक्रम गर्दै स्थानीय बासिन्दाहरुले बुद्धसिंह मार्गको विभिन्न स्थानमा बन्दै गरेको वा बन्ने प्रक्रियामा रहेको पाँच वटा मोटरेवल पुलको निर्माण कार्यलाई गति दिन माग गरेका छन् ।

उक्त मार्गमा रहेका नदी खोलामा पुल निर्माणकोलागि दवाव दिन स्थानीय स्तरबाट गठित संघर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले राज्यको उदासिनता र ठेकेदारको लापरवाहीको कारण घुमाउनेमा निर्माणाधिन पुल ११ वर्षदेखी अलपत्र रहेको बताए । उनले घुमाउने पुल सहित सुँढेखोला पुल, ढाँडखोला पुल, खानी खोला पुल, बगर खोला पुल र भुतखोला पुलको निर्माणमा ढिलासुस्ती भएको हुँदा अव उक्त ढिलासुस्ती अन्त्य गर्न स्थानीय जनताले दवाव दिने बताए ।

उक्त कार्यक्रममा संघर्ष समितिका संयोजक गर्जा मगरले ग्रामिण क्षेत्रका सर्वसाधण जनतालाई जे गरेपनि हुन्छ भन्ने मानसिकताले निर्माण कार्यमा ढिलाइ भईरहेको बताए । उनले जनजातिहरुको बस्ती रहेको स्थानमा विकास निर्माणको काममा ढिलाई भईरहेको बताए ।

तनहुँ जिल्लाको यस विकट भेगबाट ठूलाठूला ओहोदाका नेताहरू पाए तर जनताले प्रत्यक्ष अनुभूति हुने गरी विकास अहिलेसम्म पाउन उनले नसकेको बताए । स्थानीय बासिन्दाहरुले केही समय मुग्लिन–नारयणगढ सडकको घुमाउनेमा धर्ना समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा