भुमि समस्या सामाधान आयोग तनहुँको अध्यक्षमा सिलवाल

Devghat Online

शेयर गरौ

दमौली, पुस २९

भूमि समस्या समाधान आयोग तनहुँको अध्यक्षमा गोविन्दराज सिलवाल नियुक्त भएका छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले मन्त्रीस्तिरीय निर्णय गर्दै आयोगलाई पूर्णता दिएका छन् ।

भानु नपा–१ण् निवासी सिलवाल नेपाली काँग्रेसका नेता हुन् । नवनियुक्त अध्यक्ष सिलवालको सोमबार नै सपथ ग्रहण भईसकेको छ । उनी राष्ट्रपति रामचन्द्र पौडेल निकट नेता हुन् ।

अव आयोगमा नेकपा एमालेको भागमा परेका सदस्यहरुको नियुक्ती हुन बाँकी रहेको छ । अध्यक्षहरूले सम्बन्धित जिल्लामा गएर सदस्यमा नियुक्तहरूलाई सपथ गराउनेछन् ।

सरकारले यसअघि एमाले नेता हरि रिजालको अध्यक्षतामा आयोग गठन गरेको थियो । जिल्ला अध्यक्षको तलब सुबिधा सहसचिव सरह रहेको छ भने सदस्यले उपसचिव सरहको सेवा सुविधा प्राप्त गर्नेछन । आयोगको सदस्य सचिवको रूपमा जिल्ला समन्वय समितिका प्रमुख प्रशासकीय अधिकृतले काम गर्नेछन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो