मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

Devghat Online

शेयर गरौ

दमौली, माघ ३

घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा रहेको कृष्ण मार्ग सहित अन्य विभिन्न योजनाकोलागि गन्डकी प्रदेश सरकार सँग माग गरेको छ ।

गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाको नेतृत्वमा विहिबार गन्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेलाई भेट गरि कृष्ण मार्ग सहित अन्य सडक र गाउँपालिकाका विभिन्न योजनामा प्रदेश सरकारको तर्फबाट बजेट उपलब्ध गराउन माग गरेका हुन् ।

कृष्णमार्गले गन्डकी प्रदेश र लुम्बिनी प्रदेशको पाल्पा जोड्ने हुँदा उक्त सडकको निकै महत्व भएको भन्दै गाउँपालिकाको तर्फबाट उक्त सडकमा हालसम्म मुद्धाको कारण बजेट नपरेको र अहिले मुद्धा टुंगो लागिसकेको हुँदा सो सडक कालोपत्रेको लागि प्रदेश सरकारले पनि बजेट विनियोजन गर्नुपर्ने बताए ।

सो अवसरमा मुख्यमन्त्री पाण्डेले आगामी वर्षको बजेटमा घिरिङ गाउँपालिकाका योजनालाई समेट्ने प्रतिबद्धता जनाएका थिए । सो टोलीले आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेलाई पनि भेट गरि बजेट विनियोजनको विषयमा छलफल गरेको थियो ।

सो भेटमा गाउँपालिकाकी उपाध्यक्ष राधादेवी अधिकारी, निवर्तमान गाउँपालिकाका अध्यक्ष रनबहादुर राना सहित अन्य जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र सन्चारकर्मीहरुको पनि उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा