मोटरसाईकल दुर्घटना हुँदा आमा र छोराको मृत्यु

Devghat Online

शेयर गरौ

दमौली, माघ ८

मंगलबार विहान व्यास नगरपालिका वडा नम्बर १२ तल्लो छिर्कन स्थित पृथ्वीराजमार्ग सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा आमा छोराको मृत्यु भएको छ ।

दमौलीबाट डुम्रे तर्फ जादै गरेको ग.प्र.००३–००१ प ०३१० नम्बरको मोटरसाईकल विहान करिब ८.२० बजे अचानक आफै अनियन्त्रित भई सडकको बाँया साईडको कल्भर्टमा ठोकिन गई दुर्घटना हुँदा तनहुँ जिल्ला ऋषिङ गाँउपालिका वडा नम्बर ६ चालिसे घर भई हाल व्यास ब्यास नगरपालिका वडा नम्बर ५ पाटन बस्ने मोटरसाईकल चालक १९ वर्षीय सन्दिप आले र उनकी आमा ४० बर्षीया मधु माया आले रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो