सामुदायिक वन महासंघ देवघाटको परिषद सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट । फागुन २०

सामुदायिक वन उपभोक्ता महासंघ स्थानिय महासंघ नेपाल देवघाटको प्रथम पालिका परिषद कार्यक्रम मंगलबार सम्पन्न भएको छ । सो कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउपालिका उपाध्यक्ष भुवन सिं गुरुङले सामुदायिक वनहरुमा वर्षाै बोट विरुवाहरु रोप्ने गर्छ तर त्यसको संरक्षण भने नभएको गुरुङले बताए ।

वन डढेलो सम्बन्धि कार्यक्रम गरि जनतालाई सचेतना गर्न पर्ने गुरुङले बताए । सामुदायिक वनमा राम्रो घाँस पलाउँछ, च्याउ उम्रिन्छ भनी जानी जानी आगोलागी गराउने चलन भएको छ यसलाई कडा नियम गरि यस्ता व्यक्तिलाई पहिचान गरि कडा कार्वाही गर्नुपर्ने गुरुङले बताए । सामुदायिक वनको काम काठ काटि पैसा कमाउन मात्र नभई बनलाई सरक्षण, प्रवद्र्धन गर्नु सामुदायिक बनको अधिकार भएको हुँदा वनलाई जोगाउन पनि गुरुङले अनुरोध गरे । सामुदायिक वनले स्थानिय सरकारलाई कर तिर्न पनि उपाध्यक्ष गुरुङले अनुरोध गरे ।

सामुदायिक वन महासंघ तनहुँका अध्यक्ष विष्णुकुमार श्रेष्ठले सामुयिक वन महासंघका गतिविधिहरु पारदर्शी हुनुपर्ने बताए । पद लिनु ठुलो कुरा होइन पद लिएर जिम्मेवारी बहन गर्नु ठुलो कुरा रहेको श्रेष्ठले बताए । सामुदायिक वन महासंघ गण्डकी प्रदेशका सचिव केशवचन्द्र न्यौपानेले स्थानिय वनहरुलाई सरंक्षण गर्ने बन महांसघ छाता संगठन भएको बताए । यदि स्थानिय वनहरुलाई समस्या पर्छ भने त्यसमा गण्डकी प्रदेश वन महासंघ ढाल बनेर उभिने न्यौपानेले बताए । सामुदायिक वनहरु स्थानियको हक र अधिकारको विषयमा नियम र कानुन विपरित नगइ काम गर्न न्यौपानेले अनुरोध गरे । वन डढेलो गएको खण्डमा सामुदायिक वनका उपभोक्ताहरु एकजुट भई आफ्नै सम्पत्ति हो भनी वन आगोलागी बाट जोगाउन पनि न्यौपानेले अनुरोध गरे ।

स्थानिय वन महासंघका अध्यक्ष प्रविण कार्कीको अध्यक्षतमा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन स्थानिय वन महांसघका सचिव एलिजा अधिकारी क्षेत्रीले गरेकि थिइन् । सो कार्यक्रममा देवघाट गाउँपालिका भरिका सामुदायिक वनका समितिका पदाधिकारहरुको उपस्थिति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको