गल्छिनामा भएको दुर्घटनामा १ जनाको मृत्यु, दुईको अवस्था गम्भिर

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ४

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–४ गल्छिनामा बुधबार साँझ दुई मोटरसाईकल ठक्कर खादा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–३ कवासेका १९ वर्षीय रोमन लम्साल रहेको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रमुख प्रहरी निरिक्षक पोषण थापाले जानकारी दिए ।

दुलेगौंडाबाट खैरेनीटारतर्फ जादै गरेको लु १४ प २२४७ नम्बरको पल्सर मोटरसाईकल र खैरेनीटारबाट दुलेगौंडा आउदै गरेको लु प्र ०१००१ प ५६६८ नम्बरको मोटरसाईकल एक आपसमा बुधवार साँझ ठक्कर खाएको हो ।

दुलेगौंडा आउदै गरेका मोटरसाईकल चालक लम्सालको दुर्घटनापछि जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि पल्सर मोटरसाईकलका चालक शुनपा–४ का २० वर्षिय सुसान आले र सोहि ठाउँका १९ वर्षिय निश्चल गुरुङ घाइते भएका छन् ।

उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था गम्भिर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो