देवघाटको वेणी संगम क्षेत्रलाई प्लास्टिक झोला निषेधित क्षेत्र बनाईने

Devghat Online

शेयर गरौ

देवघाट । बैशाख १०

देवघाटको बेणी संगम क्षेत्रलाई प्लास्टिक मुक्त क्षेत्र बनाईने भएको छ । देशको ग्रामीण क्षेत्रको तुलनामा सहरी तथा धार्मिक स्थलहरूमा प्लास्टिक झोलाहरूको प्रयोगले गर्दा प्लास्टिकजन्य फोहोर उत्सर्जनमा अध्यधिक वृद्धि भई फोहरको व्यवस्थापन कार्य चुनौतीपूर्ण बन्दै गएको हुँदा यसले धार्मिक क्षेत्रको सौन्दर्यतामा नकारात्मक प्रभाव पर्नुको साथै पर्यावरण र मानव स्वास्थ्यमा समेत प्रतिकूल असर परिरहेको परिप्रेक्षमा प्लास्टिक झोलाको प्रयोगलाई न्यूनिकरण गर्दै देवघाटधामको भित्रि धार्मिक क्षेत्रलाई प्लास्टिक मुक्त बनाईने भएको छ ।

यसै उदेश्यले गत वैशाख ३ गते देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन वरालको अध्यक्षता र देवघाट गाउँपालिका, १ नं. वडा कार्यालय, भरतपुर महानगरपालिका, ५ नं. वडा कार्यालय, देवघाट गाउँपालिका, सहमति संस्था गैंडाकोट साथै सरोकारवालाहरूको उपस्थितिमा बसेको बैठकले प्रारम्भिक चरणमा वेणीसंगम क्षेत्रलाई पूर्णतया प्लास्टिकझोला निषेधित क्षेत्र घोषणा गर्ने र भित्री धार्मिक क्षेत्र अन्तर्गतका अन्य क्षेत्रलाई प्लास्टिक नियन्त्रित क्षेत्र घोषणा गरी कडाईका साथ कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले बुधबार विज्ञप्ति प्रकाशित गरि उक्त अभियान कार्यान्वयनका लागि प्लास्टिक झोला लिएर आउने भक्तजनहरूबाट प्लास्टिक झोला संकलन गर्ने र ५० रुपैया लिई पुनः प्रयोग गर्न मिल्ने झोला उपलब्ध गराउने साथै झोला फिर्ता पश्चात् धरौटी वापतको रकम फिर्ता दिने गरी व्यवस्थापन गरिएकोले सोही बमोजिम गर्नु गराउनुहुन अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक