चार महिनाको बच्चालाई ढुङ्गाले हानी हत्या गरेको आरोपमा आमा पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ९

चार महिनाको छोरालाई ढुंगाले हानी हत्या गरेको आरोपमा नवलपुर जिल्ला बौदीकाली गापा-२ अर्मलेकी ३६ बर्षिया कमला परियारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

बैशाख ८ गते साँझ घिरिङ गाउँपालिका- ४ थामडाँडामा रहेको माईतिघर जाने क्रममा मानपुर-डेढगाँउ सडक खण्डमा कमलाले आफ्‌नै चार महिनाको छोरा अर्जुन परियारलाई ढुङ्गाले हानी गम्भिर घाइते बनाएकोमा स्थानिय बासिन्दाले घाईते बच्चालाई उपचारको लागि रामपुर अस्पताल पाल्पामा लगेकोमा बालकको उपचारको क्रममा बैशाख ८ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

ढुङ्गा प्रहार गर्ने आमा कमला परियारलाई इलाका प्रहरी कार्यालय डेढगाउ नवलपरासीले पक्राउ गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित गराएकोमा प्रारम्भिक अनुसन्धान पुरा गरी आरोपित कमला परियारलाई कर्तब्य ज्यान मुद्दा शीर्षकमा तनहुँ जिल्ला अदालतबाट म्माद थप अनुमति लिई थप अनुसन्धान भईरहेको डिएसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि