चार महिनाको बच्चालाई ढुङ्गाले हानी हत्या गरेको आरोपमा आमा पक्राउ

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ९

चार महिनाको छोरालाई ढुंगाले हानी हत्या गरेको आरोपमा नवलपुर जिल्ला बौदीकाली गापा-२ अर्मलेकी ३६ बर्षिया कमला परियारलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

बैशाख ८ गते साँझ घिरिङ गाउँपालिका- ४ थामडाँडामा रहेको माईतिघर जाने क्रममा मानपुर-डेढगाँउ सडक खण्डमा कमलाले आफ्‌नै चार महिनाको छोरा अर्जुन परियारलाई ढुङ्गाले हानी गम्भिर घाइते बनाएकोमा स्थानिय बासिन्दाले घाईते बच्चालाई उपचारको लागि रामपुर अस्पताल पाल्पामा लगेकोमा बालकको उपचारको क्रममा बैशाख ८ गते मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ।

ढुङ्गा प्रहार गर्ने आमा कमला परियारलाई इलाका प्रहरी कार्यालय डेढगाउ नवलपरासीले पक्राउ गरि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित गराएकोमा प्रारम्भिक अनुसन्धान पुरा गरी आरोपित कमला परियारलाई कर्तब्य ज्यान मुद्दा शीर्षकमा तनहुँ जिल्ला अदालतबाट म्माद थप अनुमति लिई थप अनुसन्धान भईरहेको डिएसपी थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक