घिरिङ गाउँपालिकाको बित्तिय प्रगति ५६.१४ प्रतिशत

Devghat Online

शेयर गरौ

तनहुँ । असार १७

आर्थिक वर्ष २०८१/०८२ को असार मध्यसम्म घिरिङ गाउँपालिकाको वित्तिय प्रगति ५६.१४ प्रतिशत रहेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालका अनुसार घिरिङले कुल बजेटको ५६.१४ प्रतिशत वित्तिय प्रगति गरेको हो ।

घिरिङ गाउँपालिकाको आ.व २०८१/०८२ को कुल बजेट ५५ करोड ८ लाख १३ हजार रुपैयाँ रहेको थियो । त्यसमध्ये चालु तर्फ ३० करोड १५ लाख र पुँजिगत तर्फ २४ करोड ९२ लाख रहेको थियो । खर्च मध्ये चालु तर्फ ७४.५२ प्रतिशत र पुँजितत तर्फ ३३.९२ गरि जम्मा ५६.१४ प्रतिशत भुक्तानी भएको । असार महिनाको २० गतेसम्म पुजिँगत तर्फको योजनाको भुक्तानी दिन सकिने हुँदा पुजिँगत तर्फ भुक्तानी बढ्ने ढकालले बताए ।

चालु आ.व.मा घिरिङले २ करोड ७० लाख बेरुजु फस्र्यौट गरेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । उनका अनुसार बाँकी ६ करोड बेरुजु फस्र्यौट गर्ने प्रक्रिया पनि जारी रहेको छ । वडा स्तरका योजना मध्ये वडा नम्बर १ मा १६ वटा, वडा नम्बर २ मा १० वटा, वडा नम्बर ३ मा ३१ वटा, वडा नम्बर ४ मा १९ वटा र वडा नम्बर ५ मा १० वटा योजना सम्पन्न भई भुक्तानी भईसकेको र केही योजनाको भुक्तानीको क्रममा रहेको छ ।

त्यस्तै आन्तरिक आम्दानी तर्फ वडा नम्बर १ मा ७ लाख ८७ हजार, वडा नम्बर २ मा ५ लाख ५८, वडा नम्बर ३ मा ५ लाख २६ हजार, वडा नम्बर ४ मा ५ लाख ४३ हजार र वडा नम्बर ५ मा ३ लाख ४० हजार रहेको प्रमुख प्रशासकीय अधिकृत ढकालले बताए । आन्तरिक आम्दानी कम भएर सोचे अनुसार विकासको काम गर्न नसकिएको ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

एसईईमा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने विद्यालयलाई देवघाटको सम्मान

देवघाट । जेठ ४ देवघाट गाउँपालिकाले एसईई परिक्षा २०८२ मा शतप्रतिशत विद्यार्थी उत्तिर्ण गराउने देवघाटका

द्रुतमार्गको खोकना विवाद समाधान गर्न उपसमितिको पहल

काठमाडौं । जेठ ४ प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिद्वारा गठित ‘राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमिति’का संयोजक