घिरिङको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा आगलागी

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, साउन १७

घिरिङ गाउँपालिका–१ पुट्टार स्थित कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा शनिबार दिउँसो आगलागी भएको छ । दिउँसो करिब २ बजे विद्युत सर्टका कारण शिक्षालयको भण्डार कोठामा आगो लागेको हो ।

आगलागीबाट कागजपत्र, कम्प्युटर, प्रिन्टर तथा दुईवटा पङ्खा जलेर क्षति भएको शिक्षालयका प्रमुख कृष्ण बहादुर श्रेष्ठले जानकारी दिए । उनका अनुसार क्यान्टिनमा खाजा खाने समयमा पङ्खा तीव्र गतिमा घुमेको थियो, त्यस सँगै भन्डार कोठाको झ्यालबाट धुवाँ देखिएको थियो ।

आगो लागेको थाहा पाएपछि शिक्षक, कर्मचारी, विद्यार्थी तथा सुरक्षाकर्मीहरूको सहकार्यमा फायर एक्सटिङ्ग्विशर प्रयोग गरी आगो नियन्त्रणमा लिइएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले