ऋषिङमा भदौ ८ गते तीज गीत प्रतियोगिता हुने

Devghat Online

शेयर गरौ

तनहुँ । भदौ ५

महिलाहरूको महान् पर्व हरितालिका तीजको अवसरमा ऋषिङ गाउँपालिकाको आयोजनामा यही भदौ ८ गते आइतबार ऋषिङ गाउँपालिका वडा स्तरीय खुल्ला तीज गीत प्रतियोगिता हुने भएको छ । उक्त ऋषिङ–६ ढुङगाडे पार्क बिहान १० बजेबाटसुरू हुने गाउँपालिकाले जनाएको छ । उक्त प्रतियोगिताको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले उद्घाटन गर्ने भएकी छिन् ।

प्रतियोगितामा प्रथम पुरस्कार २० हजार र प्रमाणपत्र, द्धितीय पुरस्कार १५ हजार र तृतीय पुरस्कार १० हजार र सहभागी पुरस्कार ४ हजार र प्रमाणपत्र दिईने गाउँपालिकाले जनाएको छ ।

‘ऋषिङमा विकासको पुर्व र वर्तमान अवस्थाको, संघियतामा महिलाको भुमिका’ शिर्षकमा प्रतियोगिता हुन लागेको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

प्रतियोगितामा सहभागी हुनका लागि टिम दर्ता भदौ ७ गते कार्यालय समय भित्र टिम दर्ता गर्नु पर्ने र एउटा समुहमा १० जना सहभागी गर्ने पाउने श्रेष्ठ जानकारी दिए । प्रतियोगीतामा एक समुहले बढीमा १० मिनेटको समय पाउने, बाद्यबादनमा महिला हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

असार २४ः आजीवन गुरुकुल शिक्षा र गुरुपरम्पराको उत्थानमा लागेका एक महान् वेदान्त गुरुको पुण्य स्मृति दिवस

देवघाट । असार २४ वि.सं.२०७४ साल असार २४ गतेका दिन पूर्वीय दर्शन र वेदान्त विषयका

महिलाको आत्मनिर्भरताकालागि म्याग्दे–५ मा ३३ जना महिलालाई धुपबाट बत्ती बनाउने तालिम

तनहुँ । असार २३ महिलाको आर्थिक सशक्तीकरण, स्वरोजगार सिर्जना तथा स्थानीय स्रोत–साधनमा आधारित उद्यम विकास