तनहुँ । कार्तिक २०
नेपाल सरकारले छ महिनादेखि ११ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल मात्र र १२ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुलसँगै जुकाको औषधि खुवाउने कार्यक्रम सन्चालन गरेको छ । विहिबारदेखी सुरु भएको उक्त कार्यक्रम शुक्रबार पनि चल्नेछ ।



हरेक वर्ष कात्तिक २ र ३ तथा वैशाख ६ र ७ गते यो कार्यक्रम हुँदै आएको भएपनि यस वर्ष कात्तिक २ र ३ गते तिहार परेको हुदाँ कार्यक्रम सारिएको हो । देशका ७५३ स्थानीय तहमै पाँच वर्षमुनिका करिब २८ लाख बालबालिकालाई भिटामिन ‘ए’ र करिब ३० लाख बालबालिकालाई जुकाको औषधि खुवाइने लक्ष्य राखिएको स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ ।
यस अभियानका लागि ५२ हजार स्वास्थ्य स्वयंसेविका र १५ हजार जना स्वास्थ्यकर्मी परिचालन गरिँदै छ । यस अभियान अन्तर्गत तनहुँमा पनि सबै वडामा बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने कार्यक्रम सन्चालन भएको छ ।












