एमालेले विगत र वर्तमानमा खेलेका भुमिकालाई मुल्यांकन गरेर मत दिनुहोसः उम्मेदवार सिग्देल

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन ६

नेकपा एमालेका तर्फबाट तनहुँ–२ का प्रतिनिधी सभा सदस्य उम्मेदवार केदार सिग्देलले लहैलहैमा र प्रलोभनमा पारेर मत लिने पक्षमा आफूहरु नभएको बताएका छन् । तनहुँको शुक्लागण्डकीका विभिन्न क्षेत्रमा घरदलो अभियानका क्रममा बुधवार उनले यस्तो बताएका हुन् । विगत र वर्तमानमा खेलेका भुमिकालाई मुल्यांकन गरेर मत दिन उनले आग्रह गरे ।

‘गम्भिर भएर एक पटक सोच्नुहोस । घोषणापत्र र प्रतिवद्धता हेरेर मत दिनुहोस, लहैलहैमा लागेर होइन’ उनले भने । पार्टीका केन्द्रिय सदस्य समेत रहेका नेता सिग्देलले राष्ट्रियताको विषयमा चट्टानी अडान राख्ने नेतृत्वनै अहिलेको देशको आवश्यकता भएको उल्लेख गरे ।

सिग्देल बुधवार वडा नम्बर ३ को कालिम¥याङ, उदेनढुङ्गा, कवासे, वडा नम्बर ४ को दुलेगौंडा, वडा नम्बर ५ को बेलचौतारा, थर्पुटार, भुरुङ्गे, नयाँगाउँमा पुगि घरदैलो गर्नुका साथै कोणसभामा सहभागि भएका थिए ।

सो अवसरमा स्थानीयले त्यस क्षेत्रका समस्याबारे जानकारी गराएका थिए । पार्टीका केन्द्रिय सल्लाहर समिति सदस्य नरेन्द्र वाग्ले, गण्डकी प्रदेश सदस्य कमल ढकाल, जिल्ला उपाध्यक्ष राजेश्वर ढकाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण