रामकोटः मगर समुदायको मौलिक पहिचान बोकेको गाउँ

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख २२

बन्दिपुर गाउँपालिका वडा नम्बर ३ मा अवस्थित रामकोट गाउँ मगर समुदायको मौलिक पहिचान बोकेको एक आकर्षक बस्ती हो । यहाँ मगर जातिको मात्र बसोबास रहेको छ, जसले यस गाउँलाई सांस्कृतिक रूपमा अझ विशिष्ट बनाएको छ ।

परम्परागत जीवनशैली, भाषा, रितीरिवाज र संस्कृतिको जिवन्त अनुभव लिन चाहनेका लागि रामकोट उत्कृष्ट गन्तव्यको रूपमा स्थापित हुँदै गएको छ । मगर समुदायको जीवनशैली नजिकबाट बुझ्न, अध्ययन तथा अवलोकन भ्रमण गर्न रामकोट उपयुक्त स्थान मानिन्छ । पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकहरू यहाँ पुगेर गाउँले परिवेश, संस्कृति र परम्परागत जीवनशैलीको अनुभव लिने क्रम बढ्दो छ ।

रामकोटको पर्यटन विकासमा सामुदायिक होमस्टेहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । यहाँ सञ्चालनमा रहेका होमस्टेहरूले पर्यटकलाई स्थानीय खानपान, कला, संस्कृति तथा परम्परागत रहनसहनसँग नजिक बनाउने काम गरिरहेका छन् । गाउँलेहरूको आत्मीय आतिथ्यता र सरल जीवनशैलीले बसाइलाई अझ सम्झनयोग्य बनाउँछ ।

हालै सञ्चालनमा आएको बन्दिपुर भिलेज सफारी सेवाले रामकोट पुग्न अझ सहज बनाएको छ । गाउँ घुम्न, बिदा मनाउन, वा मौलिक ग्रामीण अनुभव लिन चाहनेका लागि यो सेवा उपयोगी सावित भएको छ । सानो पहाड रामकोट चुलीको काखमा रहेको यो गाउँका झपक्क परेका घरधुरी, वर्षौँ पुरानो गोलघर, ढुङ्गाले छापिएका परम्परागत घरहरू र गाउँको शिरमा रहेको चौतारोले यहाँको सौन्दर्य थप बढाएको छ ।

रामकोट बन्दिपुर बसपार्कबाट भञ्ज्याङ चौतारा (प्याराग्लाइडिङ स्पट), मुच्चोक हुँदै पुग्न सकिन्छ । पैदल यात्रामा करिब डेढ घण्टा लाग्छ । साथै बन्दिपुर–खहरे–सेराटार मार्ग हुँदै सवारी साधनमा करिब ३० मिनेटमै रामकोट पुग्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल