घिरिङ गाउँपालिकाको ५० करोडको बजेट पारित, चालु आवमा ८२.३३ प्रतिशत वित्तिय प्रगती

Devghat Online

शेयर गरौ

तनहुँ । असार २७

घिरिङ गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट ५० करोड पारित गरेको छ । २० औं गाउँसभाको शुक्रबार सम्पन्न दोश्रो बैठकले उक्त बजेट पारित गरेको हो ।

बजेट अन्तर्गत घिरिङले आन्तरिक आय तर्फ ६ करोड १८ लाख ८६ हजार अनुमान गरेको छ । बजेटका श्रोत मध्ये गत वर्षको अल्या २ करोड, संघीय शर्सत अनुदान चालु १८ करोड १९ लाख, संघीय सर्शत अनुदान पुँजिगत ६२ लाख, संघीय समपुरक अनुदान २ करोड ५९ लाख, संघीय विशेष अनुदान पुँजिगत ९० लाख ५० हजार, संघीय वित्तिय समानीकरण अनुदान ८ करोड ७८ लाख, राजश्व बाँडफाँड ७ करोड ८५ लाख रहेको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए ।
त्यस्तै प्रदेश वित्तिय समानिकरण अनुदान १ करोड ५१ लाख, प्रदेश राजश्व बाँडफाँड ८१ लाख ५३ हजार, प्रदेश समपुरक अनुदान ६० लाख, प्रदेश विशेष अनुदान ४० लाख रहेको छ । विनियोजित बजेट मध्ये स्वास्थ्य तर्फ ९० लाख, कृषि तर्फ ३५ लाख, पशुपन्छी तर्फ लाख ३५ लाख, पुर्वाधार विकास तर्फ ४ करोड ६१ लख ५५ हजार, शिक्षा शाखा तर्फ २ करोड रहेकोे छ भने भुक्तानी दिन बाँकी ३ करोड २५ लाख रहेको छ ।

यसअघि गाउँसभाको बैठकले गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको छ । घिरिङले कृषि, पुर्वाधार विकास र पर्यटनलाई मुख्य प्राथमिकतामा राखेको छ ।

यसैविच चालु आर्थिक वर्षमा ८२.३३ प्रतिशत वित्तिय प्रगति गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालका अनुसार चालु आर्थिक वर्षमा ४५ करोड १० लाखको बजेट कार्यान्वयन गरेकोमा ३७ करोड १३ लाख १० हजार ४६८ रुपैयाँ प्रगति भएको छ ।

जसमा चालु तर्फ ३१ करोड ४० हजार ९४० रुपैयाँ विनियोजित भएकोमा ८६.२६ प्रतिशत अर्थात २६ करोड ७४ लाख २९ हजार ११४ रुपैयाँ र पुँजिगत तर्फ १४ करोड ९ लाख ५९ हजार रुपैयाँ विनियोजित भएकोमा ७३.७ प्रतिशत अर्थात १० करोड ३८ लाख ८१ हजार ३४५ रुपैयाँ वित्तिय प्रगति भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन र बेचबिखन नगर्न स्वास्थ्य कार्यालयको अनुरोध

तनहुँ । असार २५ प्रदेश स्वास्थ्य कार्यालय तनहुँले सार्वजानिक स्थानमा सुर्तीजन्य पदार्थ र सेवन र