आचार संहिताको धज्जी उडाउँदै काँग्रेसः सरकारी भवनबाट चुनाव प्रचार

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ३

नेपाली काँग्रेसले जिल्ला स्थित सरकारी भवनबाट चुनाव प्रचार गरेको छ । व्यास नपा ३ मा रहेको जिल्ला समन्वय समितिको स्वामित्वको जिल्ला अतिथी गृहमा युवाहरुको भेला राखेर काँग्रेसले चुनाव प्रचार गरेको हो ।

तनहुँको चुनावी कमान्डरको रुपमा खटिएका केन्द्रिय सदस्य तथा तनहुँ क्षेत्र नम्बर २ का सांसद शंकर भण्डारी एक सातादेखी सोही सरकारी भवनमा बसेर चुनावी कमान्ड सम्हालेका छन् । उनले दैनिक जसो सोही भवनबाट चुनावी रणनीति बनाईरहेका छन् । आईतबार पनि भण्डारीको पहलमा सरकारी भवनमा काँग्रेसका तरुण तथा विद्यार्थीहरुको भेला आयोजना गरिएको थियो ।

निर्वाचन आचार संहिताले सरकारी तथा सार्वजानिक भवनमा दलको झण्डा तथा चुनाव चिन्ह प्रर्दशन गर्न नपाईने उल्लेख गरेको छ तर काँग्रेसका कार्यकर्ताहरुले सरकारी गेष्ट हाउसको प्राङ्गणमा पार्टीको झन्डा तथा चुनाव चिन्ह प्रर्दशन गरेर सामुहिक तश्विर खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण

देवघाटमा सूचना प्रविधिसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

देवघाट । जेठ ३१ देवघाट गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि सञ्चालन गरिएको सूचना प्रविधिसम्बन्धी