गठबन्धनको उम्मेदबारलाई जिताउन सांसद श्रेष्ठ दमौलीमा

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ३

तनहुँ क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदबार नेपाली काँग्रेसका गोविन्द भट्टराईलाई चुनाव जिताउन पुर्व मन्त्री तथा नेकपा एकिकृत समाजबादीका केन्द्रिय सदस्य कृष्णकुमार श्रेष्ठ किसान दमौली आएका छन् । सांसद श्रेष्ठ आईतबार दमौली आएका हुन् ।

दमौली आएलगत्तै श्रेष्ठले आफ्नो निवासमा नेकपा एसका कार्यकर्ताहरुलाई डाकी भट्टराईको पक्षमा चुनावी माहौल बनाउन निर्देशन दिएका थिए । पार्टीले गठवन्धनका उम्मेदवार भट्टराईलाई जिताउन जिम्मेवारी दिएर खटाए अनुसार आफु तनहुँ आएको श्रेष्ठले जानकारी दिए । ‘म अब चुनावसम्म तनहुँ मै बस्छु र त्यस विचमा तनहुँका धेरै ठाउँमा पुग्छु’ श्रेष्ठले भने । सत्तागठबन्धनको बैठक सोमबार बिहान व्यास नपा ४ मा रहेको श्रेष्ठ निवासमा बस्ने भएको छ ।

२०७४ को निर्वाचनमा श्रेष्ठ तनहुँ क्षेत्र नम्बर १ बाट नेकपा एमालेको तर्फबाट बिजयी भएका थिए । उनी गत मंसिरमा सम्पन्न निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । हाल बाराको सांसद भएपनि श्रेष्ठको तनहुँमा राम्रो प्रभाव भएकै कारण गठबन्धनका नेताहरुको आग्रहमा श्रेष्ठ तनहुँ आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल