गठबन्धनको उम्मेदबारलाई जिताउन सांसद श्रेष्ठ दमौलीमा

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ३

तनहुँ क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका साझा उम्मेदबार नेपाली काँग्रेसका गोविन्द भट्टराईलाई चुनाव जिताउन पुर्व मन्त्री तथा नेकपा एकिकृत समाजबादीका केन्द्रिय सदस्य कृष्णकुमार श्रेष्ठ किसान दमौली आएका छन् । सांसद श्रेष्ठ आईतबार दमौली आएका हुन् ।

दमौली आएलगत्तै श्रेष्ठले आफ्नो निवासमा नेकपा एसका कार्यकर्ताहरुलाई डाकी भट्टराईको पक्षमा चुनावी माहौल बनाउन निर्देशन दिएका थिए । पार्टीले गठवन्धनका उम्मेदवार भट्टराईलाई जिताउन जिम्मेवारी दिएर खटाए अनुसार आफु तनहुँ आएको श्रेष्ठले जानकारी दिए । ‘म अब चुनावसम्म तनहुँ मै बस्छु र त्यस विचमा तनहुँका धेरै ठाउँमा पुग्छु’ श्रेष्ठले भने । सत्तागठबन्धनको बैठक सोमबार बिहान व्यास नपा ४ मा रहेको श्रेष्ठ निवासमा बस्ने भएको छ ।

२०७४ को निर्वाचनमा श्रेष्ठ तनहुँ क्षेत्र नम्बर १ बाट नेकपा एमालेको तर्फबाट बिजयी भएका थिए । उनी गत मंसिरमा सम्पन्न निर्वाचनमा सत्तागठबन्धनको तर्फबाट बारा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए । हाल बाराको सांसद भएपनि श्रेष्ठको तनहुँमा राम्रो प्रभाव भएकै कारण गठबन्धनका नेताहरुको आग्रहमा श्रेष्ठ तनहुँ आएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सवमा राप्रपा अध्यक्ष लिङदेनः नेपाललाई हिन्दु राष्ट्र बनाएरै छाड्छौ

देवघाट, माघ २२ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाललाई हिन्दु राज्य बनाएरै छाड्ने बताएका