जिल्ला कारागार संखुवासभा २ कैदी मृत्यु प्रकरणः यातनापछि मृत्यु भएको इन्सेकको ठहर

Devghat Online

शेयर गरौ

बिराटनगर, साउन ३२

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले जिल्ला कारागार सङ्खुवासभामा कैद जीवन बिताइरहेका दुईजनाको यातनाका कारण मृत्यु भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

साउन २४ गते जिल्ला कारागार संखुवासभामा कैद जीवन भुक्तान गरिरहेका विनोद तोलांगी र आकाश बलामीको मृत्यु भएको थियो ।

उनीहरूको यातनाका कारण मृत्यु भएको निष्कर्षसहितको प्रतिवेदन इन्सेकले बिहीबार सार्वजनिक गरेको छ ।

स्थलगत अध्ययनमा पुगेका अधिकारकर्मी सहितको टोलीको अनुगमन पछि तोलांगी र बलामीको कारागारभित्रै कुटपिट गरेर हत्या भएको निष्कर्ष रहेको इन्सेक कोशी प्रदेशका संयोजक सोमराज थापाले बताए ।

उनले बिहीबार भएको पत्रकार सम्मेलनमा हत्यापछि मात्रै बिहान उनीहरूलाई अस्पताल लगेको देखिएको बताए ।

मृतक दुईजनाले कारागारबाट भाग्ने प्रयास गरेका थिए । कारागारको शौचालयको झ्याल फोडेर बाहिर निस्किएका उनीहरूले बाहिरको ठुलो पर्खाल नाघेर भाग्न नसेपछि यातना पाएर मृत्यु भएको देखिएको इन्सेकले जनाएको छ ।

भाग्न खोजेको आरोपमा कारागारमा खटिएका प्रहरी र आन्तरिक प्रशासनले तोलांगी र बलामी माथि कुटपिट गरेको देखिएको मानब अधिकारकर्मीहरुको टोलीले निष्कर्ष निकालेको थापाले बताए ।

बलामी र ताृलांगीलाई रड र लाठीले समेत हिर्काएको देखिएको छ । यस्तै खुट्टामा रडले घोपी घोपी यातना दिएको प्रतिवेदनमा उल्लेख छ ।

बाहिर क्रूर यातनापछि अन्तिम अवस्थामा घटनालाई डाइभर्ट गर्न भित्र बुझाएको अनुगमनका क्रममा देखिएको इन्सेक प्रदेश संयोजक थापाले बताए । मरणासन्न हुने गरी कुटपिट गरेपछि सुरक्षाकर्मीले आन्तरिक प्रशासनलाई बुझाएको देखिएको थापाले बताए ।

‘सुरुको मुख्य जिम्मेवार प्रहरीबाटै यातना दिएको देखिन्छ । राज्यको नियन्त्रणमा भएका मानिस मारिएको बताउँदै उनले घटनामा संलग्नलाई कारबाही र पीडितलाई न्याय दिनु पर्छ’, उनले भने ।

कैदी बन्दीको मृत्यु भएपछि साउन २६ गते इन्सेक संखुवासभा प्रतिनिधि भविन कार्की, इन्सेक कोशी प्रदेश प्रमुख सोमराज थापा, गृह मन्त्रालयद्वारा गठित छानबिन समिति स‌‌‌ंयोजक कमलप्रसाद पाण्डे, राष्ट्रिय मानव अधिकार आयोग कोशी प्रदेश निर्देशक भवन भट्ट, कृष्ण बास्तोला, मानव अधिकार अधिकृत चिरञ्जीवी कोइराला, सहितको टोलीले अनुगमन गरेको थियो ।

घटनामा दोषी देखिएको भन्दै प्रहरी सहायक निरीक्षक (असई) लक्ष्मी चौधरीलाई प्रहरले नियन्त्रणमा लिएको छ । किटानी जाहेरी परेपछि जेलर राजेन्द्र घिमिरे फरार छन् । प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार दुई जना विरुद्ध किटानी जाहेर परे पनि प्रहरीले ८ जनामाथि अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको