दमौली, भदौ २७
प्रतिनिधि सभा तनहुँ क्षेत्र नम्बर १ का सांसद डा.स्वर्णिम वाग्लेले दमौली अस्पतालकोलागि ५ सय थान डेंगु किट उपलब्ध गराएका छन् ।



सांसद वाग्लेले पठाएको उक्त डेंगु परिक्षण गर्ने किट बुधबार राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरवावु अधिकारी र दमौली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. परिवर्तन बराललाई हस्तान्तरण गरे ।
दमौली अस्पतालमा डेंगुको विरामी दिनानुदिन बढ्दै गइरहेको डेंगु किटको अभावमा कोहि पनी सहज उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले सांसद वाग्लेको सहयोगमा दमौली अस्पतालमा ५ सय थान किट हस्तान्तरण गरिएको रास्वपा तनहुँका नेता राजु दाहालले बताए ।
दमौली अस्पतालमा किटको अभावमा डेंगु परिक्षणकोलागि नीजि अस्पताला जानु पर्ने बाध्यता अन्त्य गर्न किट उपलब्ध गराईएको दाहालले बताए । तनहुँमा केही दिन यता डेंगु संक्रमण बढ्दो क्रममा रहेको छ । सो अवसरमा रास्वपाका नेताहरु विश्व बास्तोला, सुर्यमणी पौडेल, चुडामणी दाहाल, मनोज अधिकारी लगायतको उपस्थिती रहेको थियो ।












