द्वन्द्वकालमा यातना पाएका तनहुँका १६ जनाले मानसिक समस्याको औषधी सेवन गर्दै

Devghat Online

शेयर गरौ

दमौली, पुस ५

शसस्त्र द्वन्द्वको क्रममा शारीरिक तथा मानसिक यातना पाएका तनहुँका १६ जनाले हालसम्म पनि मानसिक समस्याको औषधी सेवन गर्नु परेको छ । द्वन्द्वकालमा तनहुँका ९० जना नागरिकले राज्य तथा बिद्रोही पक्षबाट शारीरिक तथा मानसिक यातना भोग्नु परेकोमा ति मध्ये १६ जनामा मानसिक समस्या देखिएको थियो । उनीहरुले हालसम्म नियमित औषधी सेवन गर्नु परेको पीडितहरुले बताएका छन् ।

द्वन्द्वकालिन यातना पीडित समाज तनहुँका अध्यक्ष विष्णुप्रसाद भट्टराईले १६ जना यातना पीडितहरुले नियमित रुपमा मानसिक समस्याको औषधी सेवन गरिरहनु परेको बताए । राज्यपक्षबाट गम्भिर यातना भोगेका भट्टराईले आफुले हालसम्म नियमित रुपमा औषधी सेवन गर्नु परिरहेको बताए ।

मानसिक समस्या रहेका यानता पीडितहरुको सहयोगको लागि कोपीला नेपालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापना गरेको मनोविमर्श केन्द्रमा पीडितहरु गएर उपचार र औषधीको सिफारिस लिएपछि औषधी निशुल्क पाईने भट्टराईले बताए । तनहुँका सबै १६ जनाले उक्त मनोविमर्श केन्द्रबाट नियमित सेवा र औषधी लिईरहेको भट्टराईले जानकारी दिए ।

अर्की यातना पीडित व्यास नपा–६ की कमला मालले आफुले द्वन्द्वकालमा राज्यपक्षबाट चरम यातना पाएको भन्दै त्यसैको असर स्वरुप हालसम्म नियमित रुपमा शारीरिक र मानसिक समस्याको औषधी सेवन गरिरहनु परेको बताइन् । यातनाको कारण आफ्नो शरिर छियाछिया भएको भन्दै उनले नियमति औषधी सेवन नगर्ने हो भने केही काम गर्न नै नसक्ने बताइन् ।

शान्ति प्रक्रिया सुरु भएको करिब १८ वर्ष भईसक्दा पनि अझैसम्म द्वन्द्वकालका यातना पीडितहरुले न्याय नपाएको भन्दै उनले नियमित औषधी सेवन गर्नु पर्ने विरामीहरुलाई राज्यले नियमित रुपमा आर्थिक सहायता गर्नु पर्ने बताइन् । सत्य निरुपण सम्बन्धी कानुन बन्ने हो भने आफुहरुले पनि न्याय पाउने उनको विश्वास छ । उनले द्वन्द्वकालमा आफ्नो श्रीमान समेत गुमाएकी छिन् ।

तनहुँमा संगठित भएका यातना पीडितहरुले जिल्लाभर १० वटा स्वाबलम्बन समुह गठन गरेका छन् । उक्त १० वटा समुहमा ९० जना यातना पीडितहरु सदस्य छन् । उक्त छुट्टाछुट्टै समुहका सदस्यहरु आय आर्जनका काममा पनि संलग्न भएको अध्यक्ष भट्टराईले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव, एकै दिन बन्दिपुरमा हजारौं पर्यटक

बन्दिपुर, बैशाख १ नेपाली नयाँ वर्षको अवसरमा तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारबाट सडक खाना महोत्सव

नयाँ वर्ष २०८१ सुरु

देवघाट, बैशाख १ शनिबारदेखि विक्रम सम्वत् २०८१ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ

नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा टोलीलाई घिरिङमा स्वागत

अन्जान परियार घिरिङ, चैत ३० नेपाली सेनाको गोरखा–जितगढी पदयात्राको टोलीलाई घिरिङ गाउँपालिकामा स्वागत गरिएको छ

रास्वपा देवघाटद्वारा नयाँ वर्षको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना

देवघाट, चैत ३० राष्ट्रिय स्वतन्त्र पार्टी देवघाट गाउँपालिका कमिटिको आयोजनामा नव वर्ष २०८१ को शुभ