मन्त्री किराँतीलाई बर्खास्त गर्न नेपाल सन्त समाजको माग

Devghat Online

शेयर गरौ

देवघाट, पुस ५

नेपाल सन्त समाज केन्द्रीय समितिले धार्मिक सद्भाव भड्काउने गरि गैर जिम्मेबार अभिव्यक्ति दिने संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीलाई मन्त्रीबाट बर्खास्त गरि कारवाही गर्न माग गरेको छ । मन्त्री किराँतीको अभिव्यक्ति संविधान विरोधी र गैरजिम्मेबार रहेको भन्दै सन्त समाजले उनलाई बर्खास्त गर्न माग गरेको हो ।

देवघाटधाममा केन्द्रीय कार्यालय रहेको सन्त समाजले विहिबार प्रेस विज्ञप्ति प्रकाशित गरि मन्त्री किराँतीको अभिव्यक्ति वर्तमान संविधानको मर्मविरुद्ध सनातनमाथि घृणा फैलाउने र धर्म रुपान्तरणकालागि दुरुत्साहित गर्ने अभिप्राय भएको र धार्मिक आस्थामाथिको प्रहार भएको जनाएको छ । नेपालको मौलिक सनातन परम्पराका अनुयायी ॐ कार परिवारका लागि यो आफ्नो परम्परागत धार्मिक आस्थामाथिको यस प्रकारको प्रहार कुनै हालतमा सैह्य हुन नसक्ने भन्दै सन्त समाजले यस्तो कुत्सित मनसाय भएको व्यक्ति देशको संस्कृती मन्त्रीको गरिमामय पदमा रहने अधिकार नभएको जनाएको छ ।

सन्त समाजले यस्तो अवस्थामा स्वधर्म रक्षाकालागि सम्पुर्ण ॐ कार परिवार एकजुट हुन र धर्मनिरपेक्ष विरुद्ध खडा हुन अपिल समेत गरेको छ । सदियौंदेखी चलिआएको धार्मिक सहष्णिुता, सद्भाव र सह अस्तित्वलाई दखल पु¥याउने उद्देश्यले नेपालमा जनचाहाना विपरित धर्मनिरपेक्षता लादिएको र यहाँ मिलेर बसेको सबै जाति र धर्म समुदायका विच घृणा फैलाउने, आपसमा बिद्रोह खडा गर्ने र धार्मिक आस्थामाथी प्रहार गर्ने काम भईरहेको समाजले जनाएको छ ।

सन्त समाज नेपालका अध्यक्ष स्वामी ज्ञानान्द सरस्वतीजी महाराज र महासचिव डा.गुरुप्रसाद सुवेदीले हस्ताक्षर गरेको विज्ञप्तिमा नेपाललाई जातिय र धार्मिक द्वन्द्वमा फँसाई आफ्नो सम्राज्य विस्तार गर्ने दुराशयका साथ केही देशद्रोही बिधर्मीहरु भ्रम छर्न व्यस्त रहेको र तुच्छ प्रलोभनमा परेका केही स्वार्थी व्यक्तिहरुले बेला बेलामा धार्मिक तथा जातिय सद्भाव भड्काउने खालको अपराधिक र गैरजिम्मेबार अभिव्यक्ति दिने गरेको जनाईएको छ ।

बुधवार राजधानीमा आयोजना भएको उपत्यकाव्यापी संयुक्त बृहत् ख्रीष्टमस महोत्सव २०८० लाई सम्बोधन गर्दै मन्त्री किराँतीले भनेका थिए–‘राज्यका आँखामा सबै धर्म बराबरी हुन्, आज तीन करोड नेपालीमा लाखौँ क्रिस्चियनहरु भइसकेका छन् । क्रिस्चियनलाई मान्दिन भन्नु संविधानलाई मान्दिनँ भन्नु हो, संविधान मान्दिनँ भन्ने देशद्रोही हुन् । यदि कसैले देशद्रोह गर्छ भने त्यसलाई हतकडी लगाउने जेलमा हालिदिने हो ।’

मन्त्री किराँतीले विश्वमा धार्मिक जनसङ्ख्या ८५ प्रतिशत रहेको ३० प्रतिशत क्रिश्चियन रहेको उल्लेख गर्दै संसार मान्ने अनि हामीले नमान्ने भनेका थिए । मन्त्री किराँतीको यो अभिव्यक्ति अहिले निकै विवादित बनिरहेको छ । सामाजिक सञ्जालमार्फत उनको राजीनामाको माग चर्को बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत

दमौली, असोज २ दमौलीको आदिकवि भानुभक्त क्याम्पस गन्डकी प्रदेशको उत्कृष्ट क्याम्पसको रुपमा पुरस्कृत भएको छ

आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड

दमौली, असोज २ आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानलाई आउटस्ट्यान्डिङ लोकल गभर्नेस अवार्ड प्रदान गरिएको छ

आजबाट सोह्र श्राद्ध सुरु

देवघाट, असोज २ प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष