भानुको सतिघाटलाई ऐतिहासिक र धार्मिक स्थल बनाउन पहल

Devghat Online

शेयर गरौ

दमौली, पुस ५

तनहुँको भानु नगरपालिकामा रहेको सतिघाटलाई ऐतिहासिक र धार्मिक स्थल बनाउन पहल थालिएको छ । आदिकवि भानुभक्त आचार्यको समेत समाधी स्थल रहेको सतिघाट क्षेत्रलाई प्रवद्र्धन गरी ब्यवस्थित र आधुनिक शवदाह गृह निर्माण गर्ने उदेश्यले नगरपालिकाको संरक्षकत्वमा तदर्थ समिति गठन गरिएको छ ।

धार्मिक, पर्यटकीय र साहित्यीक रुपमा पनि सतिघाट धामको समग्र बिकास हुन जरुरी रहेकाले सबैको सहकार्यको खाँचो रहेको नगर प्रमुख आनन्दराज त्रिपाठीले बताए । उप–प्रमुख उमा गोतामेले हरिबोधनीको एकादशीका दिनमा मर्स्याङ्दी नदीमा फूलडोली तोरन टाँग्ने परम्परा रहि आएको सतिघाट धाम क्षेत्रलाई गुरुयोजना निर्माण गरि प्रतिष्ठानको रुपमा बिकास गर्नु पर्नेमा जोड दिइन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले नगरको आउँदो हिउँदे अधिवेशनमा उक्त क्षेत्रमा बाटो र ट्रस निर्माणका लागि यथाशक्य बजेट विनियोजन गरिने जानकारी दिए ।

सतीघाट संरक्षण र विकासकोलागि बुधबार भानु नपा–१ को ग्रिनपार्कमा भएको सरोकारवालाहरुको भेलाले भानु १ निवासी कृष्णकुमार श्रेष्ठको अध्यक्ष्यतामा १५ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । जस्को उपाध्यक्षमा प्रेमबहादुर थापा भानु १, सचिबमा दिपक थापा भानु ५, कोषाध्यक्षमा भरत बानिया भानु १ सर्वसम्मत चयनभएका छन् ।

अन्य सदस्यहरुमा मिठु गन्दर्भ भानु १, ईश्वरी थिङ त्रिपाठी भानु १, शंकर रानाभाट भानु ४, ध्रुब थापा भानु ६, सोम तामाङ भानु १, पुनम श्रेष्ठ भानु ३। लक्ष्मी चिलुवाल त्रिपाठी भानु ३, सुरेन्द्र कुमार श्रेष्ठ भानु १, शिवदत्त ढकाल भानु २, हरि ढकाल भानु ६ र रनबहादुर बि।क। भानु १ चयन भएका छन् ।

भेलाले ७ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । निवर्तमान वडा अध्यक्ष प्रेम लामा, लालकुमार श्रेष्ठ, जयहरी ढकाल, उत्तम प्रसाद लोहनी, मिनबहादुर अधिकारी, रामबहादुर क्षेत्री र कृष्णकुमार श्रेष्ठ ख चयन भएका छन् ।
त्यसै गरि भेलाले ३ सदस्यीय विधान मस्यौदा लेखन समिति पनि गठन गरेको छ । भानु २ का नबिनराज दाहाल, भानु ६ का कृष्णराज ढकाल र भानु १ का बिष्णुप्रसाद मिश्र चयन भएको तदर्थ समितिका सचिब दिपक थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष परिवर्तनः एमाले उपमहासचिव ज्ञवाली

दमौली, बैशाख १ नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले जनताको आशा र विश्वास फर्काउन राजनीतिक कोर्ष