बन्दीपुरमा कोशेली घर सन्चालन

Devghat Online

शेयर गरौ

बन्दिपुर, पुस ५

स्थानीय उत्पादन बिक्रि गर्न तनहुँको बन्दीपुरमा कोशेली घर सन्चालनमा ल्याईएको छ । बन्दीपुर गाउँपालिकाको सहयोगमा बन्दीपुर परिश्रमी युवा समुहले बन्दीपुर बजारमा कोशेली घर सन्चालनमा ल्याइएको हो ।

कोशेली घरको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बन्दीपुर गाउँपालिका भित्र उत्पादन हुने वस्तुहरुको प्रयोगलाई प्रोत्साहित गर्नुपर्ने बताए । कोशेली घरमा कृषकहरुले उत्पादन गरेका मस्यौरा, बेसार, मास, मकै मस्याङ, तरुल, अदुवा, पिडाँलु, अचार, लगायतका खाद्य सामाग्री राखिएका छन् ।

गाउँघरमा नै बनेका दैनिक प्रयोगमा आउने वस्तुहरुको बजारीकरण गरी उद्यमशीलता वृद्वी गर्ने उदेश्यले कोशेली घर संचालन गरिएको गाउँपालिका उपाध्यक्ष पन्चमायाँ गुरुङले बताइन् । कोशेली घरको शुभारम्भ भए संगै त्यहाँका स्थानीयलाई कृषि उपज बस्तु बिक्री वितरण गर्न सहज मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रवासी नेपाली मञ्च बेल्जियमद्वारा एमाले नेताहरूलाई स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

युरोप । साउन २४ यूरोप भ्रमणमा रहेका नेकपा (एमाले) का केन्द्रीय नेताहरूको उपस्थितिमा प्रवासी नेपाली

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध