नेत्रहिन संघ तनहुँको भवन निर्माणकोलागि महायज्ञ लगाइने

Devghat Online

शेयर गरौ

दमौली, पुस ६

तनहुँ नेत्रहिन संघले संघको भवन निर्माणकोलागि आगामी पुस १८ देखी २६ गतेसम्म महायज्ञ लगाउने भएको छ । संघले शुक्रबार दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरि महायज्ञको बारेमा जानकारी दिएको हो ।

व्यास नपा ३ को खुल्ला मैदानमा आयोजना हुने सो महायज्ञमा ४० लाख बढि रकम संकलन गरि संघको भवन निर्माण गर्ने लक्ष्य लिएको तनहुँ नेत्रहिन संघका संस्थापक अध्यक्ष कृष्णप्रसाद अधिकारीले जानकारी दिए । महायज्ञमा युवा पण्डित परशुराम काफ्लेले कथाबाचन गर्ने छन् ।

नेत्रहिन संघको भवन निर्माणकोलागि व्यास ५ का समाजसेवी कुलबहादुर गुरुङले ४ आना २ क्षेत्रफलको जग्गा निशुल्क उपलब्ध गराएका थिए । सोही जग्गामा आवासिय भवन बनाउन महायज्ञ गर्न लागिएको अधिकारीले बताए ।

अपाङ्गता भएका व्यक्तिहरु आफ्नो हक अधिकार प्राप्तीकोलागि संघर्ष गर्न पटक पटक सदरमुकाम आउनुपर्दा बस्न र खानकै समस्या हुने भएकोले नेत्रहिन संघको पहलमा आवासिय भवन बनाउन लागिएको अधिकारीले बताए । उक्त महायज्ञमा सहभागी भई अपाङ्गता भएका व्यक्तिहरुलाई सहयोग गर्न अधिकारीले बताए ।

अपाङ्गता अधिकारकर्मी मदन पौडेलले तनहुँमा पहिलोपटक अपाङ्गता भएका व्यक्तिहरुले महायज्ञ आयोजना गर्न लागेको हुँदा उक्त महायज्ञलाई सबै जिल्लाबासीले सहयोग गर्ने अपेक्षा लिएको बताए ।

महायज्ञको व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले उद्घाटन गर्ने भएका छन् । महायज्ञमा तनहुँबाट निर्वाचित हुने सांसहरु तथा विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई क्रमशः हरेक दिन प्रमुख अतिथी बनाईने अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल