रास्वपा तनहुँको संयोजकमा विश्व वास्तोलालाई प्रस्ताव

Devghat Online

शेयर गरौ

दमौली, फागुन ३

राष्ट्रिय स्वतन्त्र पार्टी तनहुँले रिक्त रहेको जिल्ला संयोजक पदमा विश्वनाथ बास्तोलालाई मनोनयन गर्न प्रस्ताव गरेको छ ।

रास्वपा तनहुँ जिल्ला कार्य समितिको विहिबार बसेको बैठकले रिक्त रहेको जिल्ला संयोजक पदमा बास्तोलालाई मनोनयन गर्न प्रदेश समिति मार्फत केन्द्रिय समितिलाई सर्बसम्मत रुपमा सिफारिस गर्ने निर्णय गरेको रास्वपा व्यास नगर समितिका सभापती चुडामणी दाहालले जानकारी दिए ।

साथै यस अघि जिल्ला संयोजक रहेका तथा हालै पदन्नोती भै केन्द्रीय बिभागको सदस्य बनेका बिकास सिग्देललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको दाहालले बताए ।

जिल्ला सह–संयोजक सुर्यमणी पौडेलको अध्यक्षतामा बसेको सो बैठकले रिक्त रहेको निर्वाचन क्षेत्र नम्बर १ को क्षेत्रीय सदस्य पदमा पदमराज न्यौपानेलाई मनोनयन गरि क्षेत्रीय समितिलाई पनि पुर्णता दिईएको बताईएको छ ।

क्षेत्रीय सभापतिमा पदम राज न्यौपाने, उपसभापति सीता बिक, सचिबमा अनिल श्रेष्ठ तथा सदस्यहरुमा बिष्णु बहादुर पन्त र शशी रुपाखेती रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल

राष्ट्रिय परिचयपत्र वितरण सहज बनाउन प्रजिअ तिवारीलाई रास्वपा तनहुँको ध्यानाकर्षण

तनहुँ । साउन २१ राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासन कार्यालय तनहुँमा बिहानैदेखि लाग्ने सर्वसाधारणको अनियन्त्रित

भिमादमा एआई प्रविधिसहितको छाती एक्स–रे शिविर सम्पन्न, २४ जनामा क्षयरोगको लक्षण

तनहुँ । साउन २१ तनहुँको भिमाद नगरपालिकामा कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित छातीको एक्स–रे परीक्षण