इलाम २ मा उम्मेदबार बन्न रास्वपाबाट न्यौपाने सहित ६ जनाको निबेदन

Devghat Online

शेयर गरौ

दमौली, चैत १४

आगामी बैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनमा उम्मेदबार बन्न राष्ट्रिय स्वतन्त्र पार्टीबाट ६ जनाले पार्टीमा उम्मेदबारी दिएका छन् ।

उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट भाग लिने उम्मेदबार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सन्चालन गरिने प्रराम्भिक निर्वाचनमा भाग लिन ६ जनाले पार्टीमा उम्मेदबारी दिएको रास्वपाका केन्द्रिय निर्वाचन आयोगका सचिव भुमिनन्द बरालले जनाएका छन् ।

पार्टीमा उम्मेदबारी दिनेमा तनहुँका डा.शेषरमण न्यौपाने पनि रहेका छन् । उनी बाहेक गोकुल बहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे र मिलन लिम्बु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढी पीडितको सम्झना र घाइतेको स्वास्थ्य लाभको कामना गर्दै देवघाटमा सामूहिक गीतापाठ गरिने

देवघाट । भदौ २१ भोटेकोसी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण, बेपत्ता

६ जना फसेको सूचना आएको भन्दै रास्वपा सांसद श्रीराम न्यौपाने चिलिमे हिँडे

काठमाडौं । भदौ २१ सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का इन्जिनियर सांसद श्रीराम न्यौपाने फेरि सुरुङ