म्याग्दे गाउँपालिकाको नयाँ भवनबाट सेवा सुभारम्भ, बैशाख ३ गते उद्घाटन हुने

Devghat Online

शेयर गरौ

दमौली, चैत १५

म्याग्दे गाउँपालिकाले नवनिर्मित भवनबाट आज चैत्र १५ गते विहिबारबाट शुभ साइतको अवसर पारि सेवा शुभारम्भ गरेको छ ।

विहिबार सामान्य पुजापाठ गरि कार्यालयको सेवा प्रारम्भ गरिएको प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले बताए । उक्त नवनिर्मित भवनको आगामी वैशाख ३ गते राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

नवनिर्मित भवनमा विहिबार शुभ साईतमा सेवा सुभारम्भ गरिएपनि भवन उद्घाटन अघि कार्यालयको नियमित सेवा भने हाल गाउँपालिका सन्चालन भईहेको भाडाको घरबाट नै सन्चालन हुने गाउँपालिकाले जनाएको छ ।

बैशाख ३ गते पछि मात्र गाउँपालिकाको सम्पुर्ण सेवा नयाँ भवनबाट हुने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए । उक्त नयाँ भवन परिसरमा शुक्रबार दोश्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रम सन्चालन हुने गाउँपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुरलाई राष्ट्रिय रुपमा परिचित गराउन तीज सप्ताहन्न उत्सव सफलः सांसद न्यौपाने

बन्दीपुर, भदौ २२ राष्ट्रिय सभाकी सांसद एवं राष्ट्रिय सभामा सत्तापक्षकी प्रमुख सचेतक भगवती न्यौपानेले तनहुँको