सशस्त्र प्रहरीको फ्युल तथा चार्जिङ स्टेसन चौविसै घण्टा खुल्ला

Devghat Online

शेयर गरौ

पोखरा, चैत १६

पोखरा मालेपाटनमा रहेको सशस्त्र प्रहरी बलद्वारा संचालित कालिका फ्युल तथा चार्जिङ स्टेसन गत चैत्र ७ गते देखि चौविसै घण्टा सन्चालनमा आएको छ।

यसले भर्खरै पर्यटन राजधानी घोषण भएको पोखरा लगायत आसपासका सेवाग्राहीहरुलाई थप सुविधा उपलब्ध गराउनुका साथै रात्रिकालीन व्यवसायलाई समेत थप टेवा पुर्याउने विश्वास लिईएको छ।

सशस्त्र प्रहरी बलको कल्याणकारी सेवा केन्द्र हलचोक काठमाडौद्वारा सन्चालित उक्त फ्युल स्टेसन हाल २४ सै घन्टा सन्चालनमा रहेको सशस्त्र प्रहरी बल कालिका गणका गणपति एसपी अरुण पौडेल शर्माले बताए ।

उक्त फ्युल स्टेशनको सुरक्षाको जिम्मा कालिका गणको रहेको तथा अन्य फ्युल स्टेसनका तुलनामा कालिका फ्युल स्टेशनमा प्रति लिटर फ्युलमा पच्चीस पैसा कम मुल्य रहेको कालिका गणका गणपति एसपी पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस पुस्तकालयमा आदिवासी जनजाति अध्ययन केन्द्र र तनहुँ अध्ययन खण्ड स्थापना हुने

तनहुँ । साउन १२ आदिकवि भानुभक्त क्याम्पस पुस्तकालय सल्लाहकार समितिको बैठकले पुस्तकालयको स्तरोन्नती गरि अत्याधुनिक,

श्रृङ्ग मार्ग मर्मतसँगै जोखिमपूर्ण खण्डमा आवागमन सहज, स्थानीय तहको पहलको प्रशंसा

तनहुँ । साउन ११ तनहुँको भिमाददेखी घिरिङ तथा ऋषिङ गाउँपालिका जोड्ने श्रृङ्ग मार्गको अत्यन्त जोखिमपूर्ण