दमौलीका पन्त माल्टामा हराए

Devghat Online

शेयर गरौ

भरतपुर, चैत १८

व्यास नपा–७ तनहुँका २९ बर्षिय प्रकाश पन्त गतसातादेखी माल्टाबाट वेपत्ता भएका छन् ।

गत मार्च २५ तारिख (नेपाली पात्रो अनुसार गत चैत १२ गते) दिउँसो करिब १ बजे आफ्नो कोठा नजिकै साथीको कोठामा खाना खान गएका र खाना खाएर साथीको कोठाबाट घर जान्छु भनेर हिडेका पन्त अहिलेसम्म परिवारको सम्पर्कमा नआएको माल्टाबाट देवघाट अनलाइनका सम्पादक प्रकाश बगालेले जानकारी दिएका छन् ।

पन्त वेपत्ता भएपछि परिवारले प्रहरीमा खबर गरिसकेको छ भने सबैतिर उनको खोजी भईरहेको बगालेले जानकारी दिएका छन् । व्यास नपा–७ का बाबुकाजी पन्तका छोरा प्रकाश रोजगारीको क्रममा माल्टामा थिए ।

पन्तको परिवारले माल्टाबासी कसैले उनलाई देख्नु भए उनको परिवार वा प्रहरीलाई सम्पर्क गरेर सहयोग गरिदिनुहार्दिक अनुरोध गरेको छ साथै परिवारको सम्पर्क नम्बर +356 7730 0997 मा सम्पर्क गरिदिनुहुन उनकी पत्नि रविना पन्तले अनुरोध गरेकी छिन् ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो