देवघाटमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमितता भएको ठहर

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ३१

देवघाट गाउँपालिकामा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्दा अनियमिता भएको महालेखा परिक्षण प्रतिबेदनले ठहर गरेको छ । आर्थिक वर्ष ०७९।०८० को लेखापरिक्षण प्रतिबेदनमा आवश्यक परिणा भन्दा बढि न्यानो कपडा खरिद गरि अनियमितता गरेको उल्लेख छ ।

देवघाट गाउँपालिकाले ७० वर्ष उमेर पुगेका जेष्ठ नागरिकलाई सम्मान तथा न्यानो कपडा वितरण कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकको संख्या र लागत ईष्टीमेटको आधारमा न्यानो कपडा खरिद गरि वितरण गर्नुपर्नेमा सोझै १०८१ थान ज्याकेट रु. ९०९.६४ का दरले रु.९ लाख ८३ हजार ३ यस ३१ रुपैयाँमा खरिद गरि स्टोर दाखिला गरेको देखिएको प्रतिबेदनमा जनाईएको छ ।

गाउँपालिकाले ७३१ जना जेष्ठ नागरिकलाई १ थानको दरले ७३१ थान ज्याकेट वितरण गरेको भर्पाई लेखापरीक्षणको क्रममा पेश भएको र बाँकी ३५० थान स्टोर मौज्दात रहेको देखिएकोले बढी परिमाण खरिद गरी कार्यालयलाई प्रति ज्याकेट ८०५ रुपैयाँ र भ्याट रकम सहित कुल ३ लाख १८ हजार ३ सय ७८ रुपैयाँ अनियमित भएको महलेखा पर्रिक्षणको प्रतिबेदनमा उल्लेख छ ।

जेष्ठ नागरिक न्यानो कपडा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व ऐन, २०७६ को दफा २३ उपदफा ९२० मा सरकारी रकम खर्च गर्दा साधन स्रोतको उच्चतम प्रतिफल प्राप्त हुने र प्राप्त प्रतिफलको गुणस्तर समेत कायम हुने गरी मितव्ययी तरिकाले गर्नुपर्नेमा त्यसो नभएको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि