मतगणना रोक्न मेयर न्यौपानेद्वारा दिइएको निबेदनमा भएन सुनुवाई

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३१

व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले मेयर पदको पुनः मतगणना गर्ने कार्य रोक्न उच्च अदालत पोखरामा दिएको निबेदनमा विहिबार कुनै सुनुवाई नै भएन । मेयर न्यौपानेले उच्च अदालत पोखरामा बुधबार निबेदन दिदै उक्त मुद्धा सर्वाेच्च अदालतमा बिचाराधिन रहेको हुँदा सर्वाेच्च आदलतमा मुद्धाको टुङ्गो नलाग्दासम्म उच्चको फैसला कार्यान्वयन नगर्न माग गरेका थिए । तर उच्चले विहिबार उक्त निबेदनमा कुनै सुनुवाई नगरेपछि अव असार २ गते आइतबार व्यास नपाको मेयर पदको मतगणना हुने सम्भावना बढेर गएको छ ।

नेकपा एमालेको समर्थनमा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री गोविन्दराज जोशीका छोरा दीपकराजले मतगणनाको क्रममा धाँदली भएको भन्दै मत परिणाम रद्ध गरेर पुनःमतगणना गर्न २०७९ जेठ १२ गते उच्च अदालत पोखरामा रिट हालेका थिए ।

जोशीको उक्त रिटमाथि उच्चले निर्वाचन भएको २ वर्षपछि पुनःमतगणना गर्ने फैसला गरेको थियो । गत जेठ १ गते जोशीको पक्षमा फैसला गर्दै उच्च अदालतले असार २ गते पुनःमतगणना गर्ने व्यवस्था मिलाउन उच्च अदालतका रजिस्ट्रारलाई निर्देशन जारी गरेको थियो । उच्च अदालतको फैसला अनुसार पुनः मतगणना गर्ने दिन नजिकिँदै गर्दा मेयर न्यौपानेले पुनः मतगणना गर्ने कार्य रोक्न उच्च अदालतमा निबेदन दिएका थिए ।

उच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको भन्दै फैसला कार्यान्वयन नगर्न अन्तरिम आदेशको माग गर्दै मेयर न्यौपानेले गत बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । सर्वाेच्च अदालतले उक्त रिटमा लगातार तिन दिन हेर्न नभ्याइने सुचिमा राखेको थियो । उक्त रिटमा आगामी असार २ गते आइतबार पुनः पेशी तोकिएको छ ।

मेयर न्यौपानेले ‘मुलुकी देवानी संहिता २०७४ को दफा २३१ (ख) अनुसार कानुन बमोजिम पुनराबेदन लाग्न सक्ने मुद्धामा पुनराबेदन परेको भए पुनराबेदन रोहबाट मुद्धाको अन्तिम किनारा नभएसम्म फैसला कार्यान्वयन स्थगित हुने कानुनी व्यवस्था रहेको हुँदा आफुले उच्च अदालतको फैसाला उपर सर्वाेच्च अदालतमा पनुराबेदन पत्र दर्ता गरि पुनराबेदनको रोहबाट उक्त मुद्धाको अन्तिम किनारा नलागिसकेको हुँदा उच्च अदालत पोखराबाट भएको फैसला बमोजिम असार २ गते पुनः मतगणना भएमा काुननको गम्भिर त्रुटी हुन जाने हुँदा सर्वाेच्च अदालतमा पुनराबेदन गरेको मुद्धाको अन्तिम टुङ्गो नलाग्दासम्म उक्त फैसला कार्यान्वयन नगर्न’ निबेदनमा माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पराजित उम्मेदवारहरुले दिए बिजयीहरुलाई बधाई र मतदातालाई धन्यवाद

तनहुँ । फागुन २३ तनहुँको दुबै निर्वाचन क्षेत्रमा पराजित भएका उम्मेदवारहरुले बिजयी सांसदहरुलाई बधाई दिएका

प्रतिनिधि सभा सदस्य निर्वाचनको परिणामः तनहुँका दुबै क्षेत्रमा रास्वपाको सानदार जित

तनहुँ । फागुन २३ प्रतिनिधि सभा सदस्यको निर्वाचन अन्तर्गत तनहुँको दुबै निर्वाचन क्षेत्रको मतगणना सकिएको