एमाले भानुको अध्यक्षमा रानाभाट र पाण्डेको उम्मेदबारी

Devghat Online

शेयर गरौ

दमौली, जेठ ३१

नेकपा एमाले भानु नगर कमिटिको अध्यक्षमा शंकर रानाभाट र हरिबहादुर पाण्डेले उम्मेदबारी दिएका छन् । बुधबारदेखी सुरु भएको नगर कमिटिको दोश्रो अधिवेशन अन्तर्गत नयाँ नेतृत्वको लागि अध्यक्ष पदमा रानाभाट र पाण्डेले उम्मेदबारी दिएका हुन् । पाण्डे र रानाभाट दुबै यस अघिका जिल्ला कमिटिका सदस्य हुन् । पाण्डे विगतमा केही समय गन्डकी प्रदेश कमिटिको सदस्य पनि भए भने रानाभाट जिल्ला सचिवालय सदस्य थिए ।

आफु अध्यक्ष भएमा नगर कमिटिको आफ्नै पार्टी कार्यालय भवन बनाउने, एमालेलाई प्रविधिमैत्री पार्टी बनाउने तथा आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई भानु नगरपालिकामा बिजयी बनाउने गरि संगठन निर्माण र विस्तारको काम गर्ने पाण्डेले बताएका छन् । यस अघि प्रेम रानालाई सर्वसम्मत अध्यक्ष बनाउने क्रममा आफुले त्याग गरेको हुँदा यस पटक आफ्नो पालो रहेको पाण्डेले दाबी गरेका छन् ।

यसैगरि रानाभाटले पनि आफु अध्यक्ष भएमा एमालेलाई भानु नगरमा पहिलो शक्ति बनाउने, आगामी निर्वाचनमा मेयर र उपमेयर सहित सवै वडामा एमालेलाई बिजयी गराउने तथा सदस्यता विस्तार र नविकरणको कामलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् ।

यसैगरि उपाध्यक्षमा रमानाथ बजगाई र मिन गुरुङ्ग, सचिवमा रामकृष्ण देवकोटा र सुरेन्द्र बोहोरा तथा खुल्ला उपसचिवमा कल्याण विक्रम अधिकारी र सागर अधिकारी क्षेत्रीको उम्मेदबारी परेका छ । महिला उपसचिवमा भने पार्वती न्यौपाने सर्वसम्मत भइन् । सदस्य अध्ये अधिकांश वडा र क्लष्टरमा सर्वसम्मत भएको छ । निर्वाचन विहिबार साँझ ५.३० बजेबाट सुरु भएको छ । नगर अधिवेशनमा आयोजक सहित २६० जना प्रतिनिधिको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग