देवघाटले नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गर्ने

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ३१

देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि जनस्तरबाट सुझाव संकलन गर्ने भएको छ । त्यसको लागि गाउँपालिकाले आगामी असार २ गते आइतबार गाउँपालिकाको सभाहलमा सुझाव संकलन कार्यक्रम आयोजना गरेको छ ।

गाउँपालिकाको आगामी आ.व.को नीति, कार्यक्रम र बजेट तर्जुमा गर्न तथा देवघाट गाउँपालिकाले के कस्ता नीति तथा कार्यक्रम तर्जुमा गर्दा जनताहरुलाई प्रतक्ष्य रुपमा लाभान्वित गराउन सकिन्छ भन्ने विषयमा सुझाव संकलन कार्यक्रम राखिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

सो कार्यक्रममा गाउँपालिकाका क्रियाशिल सबै राजनीतिक दल, नागरिक समाज, टोल विकास संस्था, सरकारी तथा गैरसरकारी संस्था, सहकारी संस्था, उपभोक्ता समिति, विभिन्न जातिगत संघ संस्था तथा सन्जाल, धार्मिक तथा युवा क्लव र संस्था र आमा समुहहरुलाई उपस्थितीको लागि आमन्त्रण गरिएको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो