देवघाटले नीति तथा कार्यक्रमको लागि सुझाव संकलन गर्ने

Devghat Online

शेयर गरौ

देवघाट, जेठ ३१

देवघाट गाउँपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लागि जनस्तरबाट सुझाव संकलन गर्ने भएको छ । त्यसको लागि गाउँपालिकाले आगामी असार २ गते आइतबार गाउँपालिकाको सभाहलमा सुझाव संकलन कार्यक्रम आयोजना गरेको छ ।

गाउँपालिकाको आगामी आ.व.को नीति, कार्यक्रम र बजेट तर्जुमा गर्न तथा देवघाट गाउँपालिकाले के कस्ता नीति तथा कार्यक्रम तर्जुमा गर्दा जनताहरुलाई प्रतक्ष्य रुपमा लाभान्वित गराउन सकिन्छ भन्ने विषयमा सुझाव संकलन कार्यक्रम राखिएको गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताए ।

सो कार्यक्रममा गाउँपालिकाका क्रियाशिल सबै राजनीतिक दल, नागरिक समाज, टोल विकास संस्था, सरकारी तथा गैरसरकारी संस्था, सहकारी संस्था, उपभोक्ता समिति, विभिन्न जातिगत संघ संस्था तथा सन्जाल, धार्मिक तथा युवा क्लव र संस्था र आमा समुहहरुलाई उपस्थितीको लागि आमन्त्रण गरिएको अध्यक्ष थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि