दमौली, माघ ७
व्यास नगरपालिकामा चालु आर्थिक वर्षमा योजना तर्फ ३७ र पुँजिगत तर्फ ९ प्रतिशत वित्तिय प्रगति भएको छ । व्यास नगर कार्यपालिकाको सोमबार बसेको कार्यपालिकाको बैठकमा उक्त प्रगतिको बारेमा जानकारी गराईएको थियो ।
व्यास नगरपालिका अन्तर्गत कुल ६५४ योजनाहरु मध्ये हालसम्म १२६ योजना सम्पन्न भएको, २९१ सम्झौता भएको २३७ सम्झौता हुन वाँकी रहेको तथा चालु योजना तर्फ ३८ प्रतिशत र पुजिँगत तर्फ ९ प्रतिशत वित्तिय प्रगती रहेको बारेमा बैठकमा जानकारी गराईएको थियो ।
विश्व वैंकको सहयोगमा निर्माणाधिन व्यास १० को १०.५० किलोमिटर मार्गको भैतिक प्रगति हालसम्म ९.१३ प्रतिशत तथा वित्तिय प्रगति ७.४६ प्रतिशत रहेको जानकारी प्राप्त भई निर्माण गति सुस्तभएकाले तिव्रता दिन सम्बन्धिन निर्माण व्यवसायीलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।
यस्तै चालु आर्थिक वर्ष ०८१।०८२ को विगत ६ महिनाको संघ, प्रदेश र स्थानिय राजश्ववाट कुल ७२ करोड १८ लाख ३६ हजार ७३८ रुपैयाँ पारित अनुमानित बजेटमा ३३ प्रतिशत प्राप्त भई कुल खर्च ४७ करोड ६९ लाख २२ हजार ६८८ भएको तथा सामाजिक सुरक्षा तथा संरक्षण तर्फ ५० प्रतिशतको १५ करोड ४४ लाख ७७ हजार ४७९ प्राप्त भएको बैठकमा जानकारी गराईएको थियो ।
बैठकले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयवाट जारी गरिएको बालिका तथा समावेशी शिक्षा रणनिति २०८० र वालिका तथा सामवेशी शिक्षा सञ्जाल (गठन तथा सञ्चालन) सम्बन्धि मापदण्ड २०८० को दफा ९ बमोजिम उपप्रमुख इन्दिरा दरैको संयोजकत्वमा व्यास नगरपालिका वालिका तथा समावेशी शिक्षा सञ्जाल गठन गर्ने निर्णय गरिएको जनाईएको छ ।
यसैगरि प्रविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद, राष्ट्रिय सीप परिक्षण समितिबाट स्वीकृत राष्ट्रिय व्यवसायगत सिप प्रमाणितका अनुसार यस व्यास नगरपालिका भित्रका कन्स्ट्रक्सन, प्लम्बर, वेल्डर, विल्डीङ्ग पेण्टर, टाइल मार्वल फिक्स, मोटर साइकल मेकानिक, सेल मोवाइल फोन टेक्निसियन, कम्प्युटर हार्डवेर एण्ड नेटवर्कीङ्ग टेक्निसिएन, रेफ्रिजिरेटर एण्ड एयर कण्डीसनर मेकानिक सिप परिक्षण गर्न चहानेलाई माघ ११ गते सम्म दरखास्त आहान गर्ने निर्णय कार्यालयको सूचना अनुमोदन गरी सहभागीताका लागि सम्बन्धित सबैमा अनुरोध गर्ने निर्णय गरिएको छ ।
यस्तै सहिद दिवसको अवसरमा आगामी माघ १६ गते व्यास–३ दमौली व्यासगुफावाट व्यास–११ तनहुँसुर दरबार सम्म हुने खुल्ला महिला हाफ म्याराथन दौडमा सहभागीताका लागि नगरपालिकाले सम्बन्धित सबैमा अनुरोध गरेको छ । त्यसैगरि व्यास नगरपालिका अनतर्गतका एचआइभी प्रभावित १८ वर्ष तलका बालबालिकालाई मासिक २ हजार रुपैयाँ पोषणभत्ता आगामी माघ महिनादेखी देखि उपल्ब्ध गराउने निर्णय भएको नगरपालिकाका प्रवक्ता शुरेश थापाले जानकारी दिए ।