महिला सशक्तीकरण सन्चार समाजको अध्यक्षमा अञ्जु दाहाल

Devghat Online

शेयर गरौ

दमौली, माघ ७

महिला सशक्तीकरण संचार समाज तनहुँको अध्यक्षमा अञ्जु दाहाल चयन भएकी छन् । सोमबार दमौलीमा सम्पन्न साधारण सभाले दाहालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समाजको प्रथम उपाध्यक्षमा अस्मिता खनाल, द्वितीय उपाध्यक्षमा बिमला दवाडी, सचिवमा सुनिता आचार्य, कोषाध्यक्षमा शिला वाग्ले र सहसचिवमा सावित्रा कोइराला चयन भएका छन् । समितिको सदस्यहरुमा भूमिका आले मनिता पन्थ, बिन्दु नैनाबस्ती, मुन्नी खातुन र गोमा तिवारी चयन भएका छन् ।

त्यस्तै समितिको सल्लाहकारमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य एवम् पूर्व अध्यक्ष प्रदीप काफ्ले, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी (डिपी), र समाजकी सस्थापक अध्यक्ष प्रकृति खनाल चयन भएका छन् ।

जिल्लामा क्रियाशिल सञ्चारकर्मी तथा सञ्चारसम्वद्ध संघसंस्थामा आवद्ध महिलाहरुको हक हितका लागि काम गर्ने उद्देश्यले महिला सशक्तीकरण सन्चार समाज तनहुँको स्थापना गरिएको सस्थापक अध्यक्ष खनालले जानकारी दिइन् । सञ्चार क्षेत्रमा लागेका सम्पूर्ण महिलाहरूको पेसागत तथा कार्यक्षमता अभिवृद्धिमा गराउन संस्था गठन गरिएका हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

फागुपूर्णिमामा छिम्केश्वरीमा भक्तजनको घुईँचो, १० हजारले गरे दर्शन

तनहुँ । फागुन १९ फागुपूर्णिमाको अवसरमा तनहुँ जिल्लाकै सबैभन्दा अग्लो स्थानमा अवस्थित प्रसिद्ध बुढीदेवी–छिम्केश्वरी माई