महिला सशक्तीकरण सन्चार समाजको अध्यक्षमा अञ्जु दाहाल

Devghat Online

शेयर गरौ

दमौली, माघ ७

महिला सशक्तीकरण संचार समाज तनहुँको अध्यक्षमा अञ्जु दाहाल चयन भएकी छन् । सोमबार दमौलीमा सम्पन्न साधारण सभाले दाहालको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

समाजको प्रथम उपाध्यक्षमा अस्मिता खनाल, द्वितीय उपाध्यक्षमा बिमला दवाडी, सचिवमा सुनिता आचार्य, कोषाध्यक्षमा शिला वाग्ले र सहसचिवमा सावित्रा कोइराला चयन भएका छन् । समितिको सदस्यहरुमा भूमिका आले मनिता पन्थ, बिन्दु नैनाबस्ती, मुन्नी खातुन र गोमा तिवारी चयन भएका छन् ।

त्यस्तै समितिको सल्लाहकारमा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय सदस्य एवम् पूर्व अध्यक्ष प्रदीप काफ्ले, नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी (डिपी), र समाजकी सस्थापक अध्यक्ष प्रकृति खनाल चयन भएका छन् ।

जिल्लामा क्रियाशिल सञ्चारकर्मी तथा सञ्चारसम्वद्ध संघसंस्थामा आवद्ध महिलाहरुको हक हितका लागि काम गर्ने उद्देश्यले महिला सशक्तीकरण सन्चार समाज तनहुँको स्थापना गरिएको सस्थापक अध्यक्ष खनालले जानकारी दिइन् । सञ्चार क्षेत्रमा लागेका सम्पूर्ण महिलाहरूको पेसागत तथा कार्यक्षमता अभिवृद्धिमा गराउन संस्था गठन गरिएका हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

झापा घटनामा ५१ वटा युट्युब च्यानलमाथि काउन्सिलको निगरानी, १५ वटा च्यानललाई कारवाहीकोलागि साइबर ब्युरोमा पत्राचार

काठमाडौँ, माघ २५ प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई अतिरञ्जित गर्ने ५१

देवघाट महा–महोत्सवमा सांसद न्यौपानेः देवघाटप्रति सारा नेपालीले गर्व गर्छन्

देवघाट, माघ २५ नेकपा एमालेकी नेतृ तथा राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले देवघाटप्रति सारा नेपालीले

दोश्रो म्याग्दे अध्यक्ष कप फुटवल प्रतियोगिताबारे जानकारी दिन पोखरामा पत्रकार सम्मेलन

दमौली, माघ २४ तनहुँको म्याग्दे गाउँपालिकाले आयोजना गरेको दोश्रो अध्यक्ष कप प्रदेश स्तरीय फुटवल प्रतियोगिता