चौथो शुक्लागण्डकी महोत्सवः भलिबल प्रतियोगिताको फाइनलमा शुक्लागण्डकी र बौदीकाली भिड्ने

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन १९

चौथो शुक्लागण्डकी महोत्सवको अवसरमा जारी गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाइनलमा तनहुँको शुक्लागण्डकी नगरपालिका र नवपलपुरको बौदीकाली भिड्ने भएका छन् ।

सोमवार भएको सेमिफाइनलमा शुक्लागण्डकीले हरिनाशलाई ३–१ को सेटले पराजित गर्दै शुक्लागण्डकीले फाइनलको यात्रा सुरक्षित गरेको हो । यसैगरी बौदीकालीले स्याङ्जाको पुतलीबजार नगरपालिकालाई ३–१ को सेटमा हराउदै फाइनलमा शुक्लागण्डकीसँगको भेट पक्का गरेको हो । फाइनल खेल मंगलवार हुने छ ।

मंगलवार विहान ८ बजेपछि तेस्रो र चौथोकोलागि स्याङ्जाका दुई पालिका पुतलीबजार र हरिनाशबीच खेल हुने खेल व्यवस्थापन समिति संयोजक अमृत घिमिरेले जानकारी दिए । यसपछि फाइनल खेल हुने छ ।

प्रतियोगितामा प्रथम हुने समुहले नगद २ लाख रुपैया, द्धितीयले १ लाख रुपैया, तृतीयले ५० हजार र सान्त्वना हुनेले २५ हजार रुपैया साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाउने संयोजक घिमिरले बताए । प्रतियोगितामा १३ समुहको सहभागिता रहेको छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, स्पाईकर, सेटर, डिफेन्डर, ब्लकर, कोच र सर्भरलाई पनि पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव मंगलवार सकिदै छ । वडा नं. ५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा सञ्चालन भइरहेको छ ।

चौथो शुक्लागण्डकी महोत्सव मंगलबार सकिने

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सव मंगलवार सकिदै छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले समापन गर्ने संघका अध्यक्ष एवम् मुल संयोजक समुन्द्रराम श्रेष्ठले बताए ।

साँझ गायिका समिक्षा अधिकारीसँगै लोकदोहोरी गायक रामजी खाँड, घनश्याम रिजाल र कृष्ण अखेलीको प्रस्तुती थियो भने राती जेम्सीको लाईभ कन्सर्ट गरिएको छ । महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको छ । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए । साथै रत्यौली प्रतियोगिता, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता, पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ ।

सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो । महोत्सव अवधिभर २ लाख दर्शकको सहभागिता र करिव ५ करोड रुपैयाको आर्थिक कारोवार हुने अनुमान छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक