सकियो चौथो शुक्लागण्डकी महोत्सव

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २०

शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघको आयोजनामा बेलचौतारामा जारी चौथो शुक्लागण्डकी महोत्सव मंगलवार सम्पन्न भएको छ । महोत्सवको गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले समापन गरे ।

सो अवसरमा मन्त्री बस्यालले महोत्सवले आर्थिक चलायमान बनाउन सहयोग पुग्ने बताए । उनले गण्डकी प्रदेश पर्यटनको प्रचुर सम्भावना रहेको प्रदेश रहेको बताउदै यसकै माध्यमबाट आर्थिक रुपमा सशक्त बन्न सकिने उल्लेख गरे । संघका अध्यक्ष एवम् मुल संयोजक समुन्द्रराम श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा शुक्लागण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, संघका निर्वतमान अध्यक्ष विमल प्रसाद रिमाल, बरिष्ठ उपाध्यक्ष सुमन सापकोटा, महासचिव सुजन श्रेष्ठ लगायतले महोत्सव सफल भएको बताउदै सहयोगकालागि सबैलाई धन्यवाद दिए ।

फागुन ९ देखि शुरु महोत्सवमा घरेलु, कृषि, व्यवसायिक, रेष्टुरेन्ट, सामाजिक संस्था लगायत कुल १ सय ७५ स्टल समावेश गरिएको थियो । साथै राष्ट्रिय तथा स्थानिय ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुती, लाईभ कन्सर्ट, बाल उद्यान, धार्मिक, सांस्कृतिक र ऐतिहासिक स्थलको पदयात्रा, खानाका परिकार, पुष्प प्रदर्शनी तथा विक्रि, दैनिक उपभोग्य बस्तुको प्रदर्शनी एव बिक्री, हस्तकलाका सामान विक्रि तथा प्रदर्शनीलाई समावेश गरिएकोे संघका महासचिव एवम् प्रवक्ता सुजन श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा आयोजित रत्यौली प्रतियोगितामा उन्नतीशिल आमा समुह शुक्लागण्डकी–४ प्रथम भयो । यसैगरी सिद्धार्थ आमा समुह, शुनपा–३ द्वित्तीय र शुक्लागण्डकी आमा समुह शुनपा–५ तृतीय हुन सफल भएको संयोजक रजनी थापाले जानकारी दिइन् । उनका अनुसार प्रगतिटोल आमा समुह शुनपा–६ र महेश्वर खनाल दिदी बहिनी समुह शुनपा–२ सान्त्वना भए । प्रतियोगितामा प्रथम हुन समुहले नगद २५ हजार, द्धितीयले २० हजार, तृतीयले १५ हजार सान्त्वना हुने समुहले नगद ७ हजार रुपैया र प्रमण पत्र पाए ।

खुल्ला नृत्यमा विपना सुनार प्रथम भइन् । यसैगरी इशिका नेपाली द्धितीय र अनुश्का लम्साल तृतीय भइन् । प्रथम, द्धितीय र तृतीय क्रमशः ३० हजार, २० हजार र १० हजार नगद साथमा प्रमण पत्र पाए । यसैगरी विद्यालयस्तरीय खुला नृत्य प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना क्रमशः अरनिको मावि खैरेनीटार, पञ्चमुनिदेव मावि दुलेगौंडा, माउण्ट अन्नपूर्ण मावि खैरेनीटार, तालवेशी मावि र कुमारी प्रावि भए । उनीहरुले क्रमशः १२ हजार, ८ हजार, ५ हजार र २÷२ हजार रुपैया र प्रमाणपत्र पाए ।

उद्घाटनको दिन निकालिएको झाँकीतर्फ दुलेगौंडा गणपति तमु समाज उत्कृष्ट घोषित हुदै नगद २० हजार र प्रमाण पत्र प्राप्त ग¥यो । यसैगरी खैरेनीटार तमु समाज द्धितीय, श्रीकृष्ण सृजनशिल नेवाखल खैरेनीटार तृतीय र बौद्ध तमु समाज बेलचौतारा र कार्पा केली पुन समाज शुनपा–२ सान्त्वना भए । द्धितीयले १५ हजार, तृतीयले १० हजार र सान्त्वना दुबै समुहले ५÷५ हजार रुपैया र प्रमाण पत्र पाए ।

सम्पूर्ण वडा व्यवस्थापन समिति र महिला उद्यमी विकास समितिको सह–आयोजना र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन वोर्डको प्रवद्धनमा महोत्सव भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमाद नगरपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, पुर्वाधार निर्माण र कृषि नगरपालिकाको प्राथमिकतामाः नगरप्रमुख सुवेदी

तनहुँ । चैत ७ भिमाद नगरपालिकाको आर्थिक वर्ष ०८१÷०८१ को दोश्रो चौमासिक अविधिको सार्वजनिक सुनुवाई

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान