प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबलको उपाधी बौदीकालीलाई

Devghat Online

शेयर गरौ

तनहुँ । फागुन २०

चौथो शुक्लागण्डकी महोत्सवको अवसरमा तनहुँको बेलचौतारामा आयोजित गण्डकी प्रदेश अन्तर पालिकास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी नवपलपुरको बौदीकालीले जितेको छ । मंगलवार सम्पन्न फाइनलमा तनहुँको शुक्लागण्डकी नगरपालिकालाई ३–२ को सेटमा पराजित गर्दै बौदीकालीले उपाधी रक्षा गरेको हो । बौदीकालीले दोस्रो २५–२१, चौथो २५–१८ र अन्ति सेट १५–१० ले जितेको हो । शुक्लागण्डकीले पहिलो सेट २५–२२ र तेस्रो सेट २५–१६ ले शुक्लागण्डकीले आफ्नो पक्षमा ल्याएको थियो ।

यसैगरी पुतलीबजार प्रतियोगितामा तेस्रो भयो । हरिनाशलाई ३–० सेटमा पराजित गर्दै पुतली बजार तृतीय भएको खेल व्यवस्थापन समिति संयोजक अमृत घिमिरेले जानकारी दिए । प्रतियोगितामा प्रथम भएसँगै बौदीकालीले नगद २ लाख रुपैया, द्धितीय भएको शुक्लागण्डकीले १ लाख रुपैया, तृतीय पुतलीबजारले ५० हजार र सान्त्वना भएको हरिनाशले २५ हजार रुपैया साथमा ट्रफि, मेडल र प्रमाणपत्र पाए । उनीहरुलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्याल, नगर प्रमुख कृष्णराज पण्डित, संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठ लगायतले पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी बौदीकालीका रेशम छन्त्याल घोषित भए । उत्कृष्ट स्पाईकर शुक्लागण्डकीका विष्णु क्षेत्री, डिफेन्टर शुक्लागण्डकीका क्रिस मल्ल ठकुरी, सर्भर शुक्लागण्डकीका भुपेन गुरुङ घोषित भए । यसैगरी उत्कृष्ट सेटर बौदीकालीका विवस आले, ब्लकर बौदीकालीका विश्वास अधिकारी र उत्कृष्ट कोच सन्तोष विक भए ।

सर्वोत्कृष्ट खेलाडीलाई नगद ५ हजार र अन्यलाई नगद २ हजार रुपैया प्रदान गरिएको घिमिरेले बताए । प्रतियोगितामा १३ समुहको सहभागिता रहेको थियो । शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघले आयोजना गरेको महोत्सव वडा नम्बर ५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पस परिसरमा सञ्चालन भएको थियो । सोहि परिसरमा प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको