म्याग्दे गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय सुझाव संकलन गर्ने

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ७

तनहुँको म्याग्दे गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको राय, सुझाव संकलन गर्ने भएको छ । गाउँपालिकाले आइतबार सुचना प्रकाशन गरि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट निर्माणमा नागरिकको सुझाव संकलन गर्ने गरि कार्यतालिका समेत सार्वजानिक गरेको छ ।

गत चैत १८ गते बसेको गाउँकार्यपालिकाको निर्णय अनुसार आगामी असार ५ गते नीति तथा कार्यक्रम र असार १० गते बजेट प्रस्तुत गरिने कार्यक्रम रहेको भन्दै म्याग्दे गाउँपालिकाले बजेट/आर्थिक ऐन, विनियोजन ऐन लगाएतका विभिन्न ऐन निर्माणको प्रारम्भ भएसँगै सरोकारवाला सवैसँग टेलीफोन सम्पर्क/लिखित/मौखीक/इमेल मार्फत रायसुझाव संकलन गरी सोही आधारमा वजेटको अन्तिम मार्गदर्शन/नीति तथा कार्यक्रम तयारी/ऐन निर्माण/नीतिगत निर्णय र योजना छनौट सहित वार्षिक वजेट निर्माण गरिनेहुदा सरोकारवाला सवैवाट आगामी जेठ ५ गते भित्र आवश्यक रायसुझाव गाउँपालिकाको योजना शाखा,÷विषयगत समिति तथा शाखा र सरोकार वडा कार्यालयहरुमा उपलब्ध गराई नीति तथा कार्यक्रम सहित विभिन्न ऐन र वजेट निर्माणमा सहयोग पुर्याईदिन वर्तमान पदाधिकारी/निवर्तमान पदाधिकारी/विषयगत समिति/विषयगत शाखा/वडा कार्यालय सवै, सहकारी सस्था,टोल विकास सस्था, युवाक्लव, आमासमुह, गैह्रसरकारी सस्था, निजि क्षेत्र, विभिन्न क्षेत्रगत समुह तथा संघ सस्थाहरु, राजनीतिक दलहरु, उद्योग वाणिज्य संघ, उपभोक्ता समुहहरु, नागरिक समाज, सामुदायीक तथा सस्थागत विद्यालयहरु, सामुदायीक वन उपभोक्ता समिति, सञ्चारकर्मि, वुद्घिजिवि लगाएत सरोकारवाला सबैलाई अनुरोध गरेको छ ।

नीति तथा कार्यक्रम र बजेटको लागि सुझाव संकलन गर्न गाउँपालिकाले विभिन्न स्थालमा कार्यक्रम गर्ने भएको छ । बैशाख ११ गते गाउँपालिकाको सभाहलमा सर्वदलिय, सर्वपक्षिय आम भेला तथा छलफल कार्यक्रम, बैशाख १५ गते प्रशासकीय भवनको सभाहलमा श्रोत अनुमान र कुल बजेट सिमा निर्धारण सम्बन्धी छलफल कार्यक्रम गरिने प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । त्यसैगरि बैशाख १६ गतेदेखी बैशाख मसान्तसम्म सबै वडाका बस्ती र टोलमा वडाले तय गरे अनुसार वडा स्तरीय योजना तर्जुमा कार्यक्रम हुने भएको छ । त्यसैगरि जेठ १ गतेदेखी जेठ मसान्तसम्म सबै वडा कार्यालयमा वडा तहमा योजना छनौट तथा प्राथामिकिकरण कार्यक्रम हुने भएको छ ।

त्यस्तै जेठ १५ देखी २५ गतेसम्म प्रशासकीय भवनको सभाहलमा विषयगत शाखा र समितिमा योजना छनौट तथा प्राथामिकिकरण कार्यक्रम हुने भएको छ । जेठ २६ देखी असा १ गतेसम्म प्रशासकीय भवनको सभाहलमा बजेट तथा कार्यक्रम तर्जुमा कार्यक्रम हुनेछ । यसै कार्यक्रम अन्तर्गत असार २ गते कार्यपालिकाको बैठक, असार ३ गते कार्यव्यवस्था समितिको बैठक, असार ५ गते गाउँसभाको १८ औं अधिवशेन तथा नीति तथा कार्यक्रम प्रस्तुत गरिने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

त्यसैगरि असार १० गते बजेट र विभिन्न बिधेयक प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । असार १६ गते विभिन्न विधेयक छलफल स्विकृत, बार्षिक बजेट माथि विषयगत तथा दफावार छलफल तथा अधिवेशनको अन्त्य गर्ने कार्यक्रम रहेको छ । असार १९ गते स्किृत बजेट तथा कार्यक्रम, मध्यकालिन खर्च संरचना र कानुन प्रकाशनको कार्यक्रम रहेको छ । साउन १ गते बजेट पुस्तिका तयारी र छपाई तथा साउन १२ गते बार्षिक समिक्षा कार्यक्रम, बजेट पुस्तक प्रकाशन र पुरस्कार वितरणको कार्यक्रम तय गरिएको प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताए ।

नीति तथा कार्यक्रम र बजेट तयारीको क्रममा टोल स्तरीय, वडा स्तरीय र पालिका स्तरमा विभिन्न चरणको छलफल, भेला र अन्तरक्रिया मार्फत सुझाव संकलनको तयारी गरिएको तनहुँमा म्याग्दे नै पहिलो पालिको हो । नीति तथा कार्यक्रम बजेटमा नागरिकको सुझाव ग्रहण गरि नागरिक मैत्री बनाउने उद्देश्यले यस प्रकारको कार्यक्रम आयोजना गरिएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

म्याग्देले गैह्र सरकारी संस्थाहरुको हकमा म्याग्दे गाउँपालिका कार्यक्षेत्र भई आर्थिक वर्ष २०८२/०८३ मा कार्यगर्ने गैससहरुले अनिवार्य रुपमा यही बैशाख ११ गते हुने आमभेला तथा सर्वपक्षिय भेलामा उपस्थीत भई आ-आफ्नो बजेट तथा कार्यक्रमको वारेमा जानकारीसँगै आफ्नो वार्षिक वजेट तथा कार्यक्रमको सफ्टकपी र हार्डकपी जेठ ५ गते भित्र गाउँपालिकाको योजनाशाखामा पेशगर्नुपर्ने जनाएको छ । अन्यथा गाउँपालिकावाट कुनै पनी कार्यक्रम गर्नेगरी अनुमती नदिईने साथै नविकरण नगरिने पनि जानकारी गराईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय