माईक्रोको ठक्करबाट २ जनाको मृत्यु, १२ जना घाइते

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ७

तनहुँमा आइतबार माईक्रोको ठक्करबाट २ जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मनाङ जिल्ला नासों गापा–८ बस्ने ४० बर्षीय मन घले र लम्जुङ बेशीशहर नपा–८ बस्ने ३२ बर्षीया ३२ अनिता थापा श्रेष्ठ रहेकी छिन् ।

भानु नगरपालिका वडा नम्बर १० नेपालडाँडा स्थित डुम्रे–बेशीशहर सडकखण्डमा डुम्रेबाट लमजुङ तर्फ जादै गरेको बा २ ख ४०२२ नम्बरको माईक्रो र विपरित दिशाबाट आउदै गरेको ग २६ प ४०५८ नम्बरको स्कुटर एक आपसमा ठक्कर खाँदा भएको दुर्घटनामा घाइते भएका घलेको लमजुङ सामुदायिक अस्पताल बेशीशहरमा उपचारको क्रममा र अनिताको प्रदेश अस्पताल दमौलीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतक मध्ये घले स्कुटरमा सवार रहेका थिए भने अनिता माईक्रोमा सवार रहेकी थिइन् । मृतक घले मनाङको नासो गाउँपालिका–८ ताँचै स्थित जनविकास आधारभुत विद्यालयका प्रअ हुन् । उनी काठमाडौंमा भएको शिक्षक आन्दोलनमा सरिक भएर मनाङ फर्कदै गरेका थिए ।

उक्त दुर्घटनामा १४ जना घाईते भएका थिए । घाइते भएका मध्ये स्कुटर चालक लम्जुङ बेशिशहर नपा–८ बस्ने वर्ष ४१ का दिपेन्द्र श्रेष्ठ, लम्जुङ बेशीशहर नपाकी वर्ष १४ की पुजा गुरुङ, ओखलढुङगा जिल्ला मलुङ गापा–३ बस्ने वर्ष ५२ को प्रेम बहादुर सुनार र लम्जुङ दुधपोखरी गापा–५ बस्ने वर्ष २४ की युनिशा गुरुङको भोटेवडार अस्पताल सिउडीबार लम्जुङमा प्राथमिक उपचार गरि थप उपचारकोलागि चितवन मेडिकल कलेज भरतपुर पठाईएको छ ।

त्यस्तै लम्जुङ बेशीशहर नपा–५ बस्ने वर्ष ६७ की राज कुमारी गुरुङ, बेशीशहर नपा–३ बस्ने वर्ष ५४ को लिला प्रसाद बसौला, ओखलढुङ्गा चिसङखुगढी गापा–१ बस्ने वर्ष ३५ को अधिष राई सोलुखुम्बु माफ्यु गापा–१ बस्ने वर्ष ३२ को कुमार राई र गोरखा बारपाक सुलिकोट गापा–८ बस्ने बर्ष ५१ को धन बहादुर गुरुङको भोटेवडार अस्पताल सिउडीबार लम्जुङमा उपचार भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

त्यसैगरि लम्जुङ बेशीसहर नपा–२ भकुन्थोक बस्ने बर्ष ७८ की कृष्ण कुमारी पाण्डे, सोही ठाउँकी वर्ष ४३ की तित्थ कुमारी थापा र सोही ठाउँकी बर्ष ३२ की मनिका गुरुङको लक्ष्मी अस्पताल डुम्रेमा उपचार भईरहेको छ । उक्त घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा