तनहुँमा तीन संगठनको संयुक्त दबाब कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

तनहुँ । बैशाख ९

संघीय निजामती सेवा ऐन तुरुन्तै जारी गर्न माग गर्दै तनहुँ जिल्लामा क्रियाशील तीनवटा निजामती कर्मचारी ट्रेड यूनियनहरू- नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी यूनियन, र नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठनले संयुक्तरूपमा दबाबमूलक कार्यक्रम सम्पन्न गरेका छन् ।

उनीहरूले प्रमुख जिल्ला अधिकारी मार्फत सभामुख समक्ष ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्रमा निजामती सेवा ऐनको निर्माण र कार्यान्वयनमा भएको ढिलाइप्रति गम्भीर चिन्ता व्यक्त गर्दै तत्काल संसदमा विधेयक पारित गरी लागू गर्न आग्रह गरिएको छ। संघीय शासन प्रणालीसँग सँगसँगै निजामती प्रशासन व्यवस्थापन स्पष्ट नहुँदा कर्मचारीहरू अन्योल र असुरक्षामा रहेको उल्लेख गरिएको छ।

नेपाल निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष भगवान त्रिपाठीले वर्तमान अवस्थाले सेवा प्रवाहमा असर पारिरहेको बताउँदै, “संघीय संरचना कार्यान्वयनको लागि निजामती सेवा ऐन अपरिहार्य भइसकेको छ,” भने ।

ज्ञापनपत्रमा निजामती सेवाको समानता, स्थायीत्व, पारदर्शिता, र पेशागत सुरक्षाको प्रत्याभूति गर्नका लागि आवश्यक कानुनी व्यवस्था तत्काल गर्न सरकारलाई आग्रह गरिएको छ।

तीनै संगठनले सरकारलाई ऐन निर्माणमा ढिलाइ नगर्न र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिन आग्रह गरेका छन्। अन्यथा संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक