गोमा न्यौपाने/विष्णु मगर । देवघाट, कार्तिक २२
देवघाट गाउँपालिका–५ मा देवघाट कलेज सञ्चालनार्थ बृहत भेला शनिबार सम्म्पन्न भएको छ । । उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिं गुरुङले देवघाट कलेज सन्चालनमा आउनु देवघाटको लागि गौरवको कुरा भएको बताउदै कलेजलाई आवश्यक पर्ने हर सहयोगकालागी गाउँपालिका तत्पर रहेको बताए । उनले आउने दिनमा पनि कलेजको लागि पालिकाले हिउँदे अधिवेशनमा बजेट छुट्याउने जानकारी गराउदै कलेज स्थपना सँगै विभिन्न कारण पढ्न नपाएका बिद्यार्थीले पनि सहज रूपमा अब पढ्न पाउने भन्दै कलेजलाई आवश्यक सहयोग गर्न आफू सधैं तयार रहेको बताए ।



देवघाट कलेज व्यवस्थापन समितिका उपाध्यक्ष तथा नेकपा एमालेका नेता केशवचन्द्र न्यौपानेले देवघाटबासीले कलेज सन्चालनको लागि हरतरहको सहयोग गर्नुपर्ने बताए । उनले अव कलेज सन्चालनको सबै तयारी पुरा भएको बताए । न्यौपानेले राजनिति आस्थाहरु सबैको आफ्नो–आफ्नो भए पनि सामाजिक रुपान्तरणमा सबै राजनिती दलहरु एक हुनुपर्ने बताए । शिक्षा जस्तो सम्वेदनशिल विषयमा राजनिती गर्ने हो भने देवघाट सधै पछि परिरहने न्यौपानेले बताए । देवघाट कलेजको बिउ रोपीसक्यौ भन्दै उनले अब त्यसले कति फल दिन्छ भन्ने कुरा हो र यसलाइ जति सरंक्षण गन सक्छ त्यतीनै फल दिने उदाहरण दिँदै सबै मिलि एक जुट भएर अघि बढे कलेज चल्ने न्यौपानेले बताए ।
नेकपा एमाले जिल्ला कमिटि सदस्य कमला देवकोटाले देवघाटमा कलेज आबश्यक रहेको बताइन् । उनले कलेज पहिलानै आएको भए आफ्नो बाल बच्चाहरु बजार गएर पढ्न नपर्ने भन्दै दिनहँु ५० औ सख्यामा विद्यार्थीहरु गाढि चढी विद्यार्थीहरु उच्च शिक्षाको लागि पैसा खर्च गरि जाने हुँदा ती विद्यार्थीलाई यहि रोक्न सके कलेज चल्ने देवकोटाले बताईन् ।
नेपाली काँग्रेसका गाउँ कार्य समितिका सभापती पुरुषोत्तम पण्डितले पछिल्लो समयमा देवघाटमा देवघाट कलेज धेरै चर्चाको विषय रहेको र सबैको मन मस्तिष्कमा कलेज कलेज भन्ने शब्द गुन्जिरहको बताए । उनले देवघाट कलेज ल्याउन निकै कठिन रहेको र यसलाइ सबै देवघाटबासिले सहयोग गर्नुपर्ने बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका गाउँ सभापती गोविन्दराज न्यौपानेले देवघाटमै कलेज खुलेपछि देवघाटको विद्यार्थीहरु बाहिर गई पढ्न पर्ने समस्या अन्त्य हुने बताए । अबको समयमा देवघाटको विद्यार्थी बाहिर गई शिक्षा हासिल गर्ने हरेक विषयहरु यहि देवघाटमै पठनपाठन गर्नुपर्ने न्यौपानेले बताए । मधुवन सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष डिल्लीराम गिरिले कलेज सन्चालनका लागि हामी सबै एकजुट भएर साथ सहयोग गर्नुपर्ने बताए । कलेजको अभियानलाई सबै संघ सस्थाले सहयोग गर्न सके सफल हुने गिरीले बताए ।
देवघाट सिकाइ केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदीले देवघाटमा कलेज सन्चालन हुनु देवघाट बासीको लागि गौरवको कुरा रहेको भन्दै देवघाट कलेजलाई सञ्चालन गर्न र गुणस्तरीय नतिजा निरन्तरता दिन सक्नु चुनौतीपूर्ण भएपनी त्यसलाई चिर्दै अघि बढनुपर्ने बताए ।
चक्रबती सामाजिक उद्यमी महिला सहकारीकी अध्यक्ष साबित्री न्यौपानेले कलेज स्थापनाका क्रममा जति चुनैती आएपनी त्यसलाई चिरेर अघि बढदै गर्दा आज कलेजमा पढाई हुने दिन नजिक आएको बताइन् । उनले कलेज ल्याउन सम्भव छैन भनिरहदा अहोरात्र खटेपछि असम्भव पनि सम्भव भएको न्यौपानेले बताइन् । देवघाट बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष अर्जुन अधिकारीले एकजनाले मात्र कलेजलाई सञ्चालन गर्न नसकिने हुँदा कलेज सञ्चालनको लागि सबैले सहयोग गर्नुपर्ने बताए । उनले कलेज सञ्चालनको लागि आफुले व्यक्तिगत तथा सस्थागत रुपमा कलेजको लागि सहयोग गर्ने बताए ।
उक्त कार्यक्रममा साहित्यकार शिवदत्त ढकाल, समाससेवी रामनाथ मिश्र, देवघाटधाम जेसिजका अध्यक्ष प्रशन्न ढकाल, चक्रबती सामुदायिक उपभोक्ता समुहका अध्यक्ष डिल बहादुर गुरुङ, कालिका टोल विकास संस्थाका अध्यक्ष कृषणराज न्यौपाने, देवघाट ४ खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष विष्णुप्रसाद अधिकारी, देवघाट खानेपानी तथा सरसफाई उपभोक्ता समुहका अध्यक्ष गणेश बहादुर थापा, निवर्तमान वडाअध्यक्ष यालबहादुर गुरुङ, लगायतले देवघाट कलेज सन्चालनकोलागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा देवघाट कलेजका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले कलेजको बारेमा हालसम्म भएको प्रगतिको बारेमा जानकारी गराएका थिए । देवघाट कलेजले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय डिनको कार्यालयबाट सम्बन्धन प्राप्त गरिसकेको भन्दै अध्यक्ष श्रेष्ठले अव मंसिरबाट कलेजमा पढाई सन्चालन हुने जानकारी दिए । देवघाट कलेज सन्चालनको सबै तयारी पुरा भएपनि आर्थिक समस्या परेको भन्दै अध्यक्ष श्रेष्ठले सबैले देवघाट कलेजलाई जतिसक्दो आर्थिक सहयोग गर्न पनि अध्यक्ष श्रेष्ठले अनुरोध गरे ।
उक्त कार्यक्रमको सञ्चालन कालीका माविका प्रअ शरदचन्द्र खनालले गरेका थिए । उक्त कार्यक्रममा सहभागीहरुले देवघाट कलेज सन्चालन हुनु मात्र पनि देवघाटबासीको लागि गौरवको कुरा भएको बताउँदै यसलाई सहज र दिर्घकालिन रुपमा सन्चालन र गुणस्तरीय नतिजा र निरन्तरता दिनसक्नु चुनौतीपूर्ण भएको बताए ।












