म्याग्देको वडा नम्बर ३ लाई बालमैत्री वडा घोषणा गरिने

Devghat Online

शेयर गरौ

तनहुँ । असार २७

बालमैत्री स्थानीय शासन कार्यान्वयनलाई प्रभावकारी बनाउन तनहुँमा जिल्ला स्तरीय अनुगमन समितिको बैठक सम्पन्न भएको छ । जिल्ला समन्वय समितिका कार्यबहाक प्रमुख एवं जिल्ला स्तरीय अनुगमन समितिका संयोजक वासुदेव थापाको संयोजकत्वमा शुक्रबार बसेको बैठकले म्याग्दे गाउँपालिका वडा नम्बर ३ लाई आगामी ३२ गते बालमैत्री वडा घोषणा गरिने भएको हो ।

बैठकमा बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका–२०७८ बमोजिम जिल्लाभरको प्रगति समीक्षा गरिएको छ । साथै बैठकले स्थानीय तहहरूमा बालमैत्री शासनका सूचकहरूको कार्यान्वयन अवस्था बारे छलफल गरेको र आगामी दिनमा अनुगमनलाई थप कडाइ गर्ने निर्णय गरेको बताईएको छ ।

कार्यक्रममा बोल्दै संयोजक थापाले बालबालिकाको हकहित संरक्षण र प्रवद्र्धनका लागि सबै स्थानीय तह, विद्यालय र समुदायको सहकार्य आवश्यक रहेको बताए । उनले बालविवाह, बालश्रम र बालहिंसा अन्त्यका लागि जिल्लाभर सचेतना अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि–२०६९ बमोजिम म्याग्दे गापा वडा नम्बर ३ को वडा समिति तथा म्याग्दे गाउँ कार्यपालिकाको बैठक निर्णय अनुसार जिल्ला समिति समक्ष बालमैत्री स्थानीय शासन युक्त वडा घोषणाको लागि अनुमति मागी अनुरोध भई आएको हुँदा उक्त बालमैत्री स्थानीय शासन घोषणा कार्यविधि–२०६९ अनुसार उक्त वडामा ५१ वटा सूचकमध्ये ४९ वटा सूचक पुरा भएको र र तोकिएको ८० प्रतिशत भन्दा बढी अंक प्राप्त गरेकोमा घोषणा गर्नको लागि अनुमति दिन सकिने व्यवस्था भएको हुँदा सोही बमोजिम उक्त वडालाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणाको लागि सिफारिस सहित अनुमति प्रदान गर्ने निर्णय गरिएको थियो ।

बालमैत्री वडा घोषणा भएपछि बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागितामा थप सुधार हुने अपेक्षा गरिएको छ । जिल्ला स्तरीय अनुगमन समितिको बैठक जिल्ला समन्वय समितिका कार्यबाहक प्रमुख वासुदेव थापाको अध्यक्षतामा भएको बैंककमा म्याग्दे गापा अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, जिल्ला समन्वय अधिकारी शिवप्रसाद रिजाल, सहायक प्रमुख जिल्ला अधिकारी दिपक रेग्मी, म्याग्दे गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक एवं वडा नम्बर ३ का अध्यक्ष टुकराज अधिकारी, प्रहरी सहायक निरीक्षक दिपा खत्री, प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँ जनस्वास्थ्य अधिकृत विभुषा थापा, जिसस तनहुँका शाखा अधिकृत रामचन्द्र ढकाल, म्याग्दे गाउँपालिकाका शिक्षा शाखाका प्रमुख विष्णु खत्री लगायतको उपस्थिति रहेको म्याग्दे गापाका सुचना अधिकारी श्रीराम खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय