आचार संहिताको धज्जी उडाउँदै काँग्रेसः सरकारी भवनबाट चुनाव प्रचार

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
दमौली, बैशाख ३

नेपाली काँग्रेसले जिल्ला स्थित सरकारी भवनबाट चुनाव प्रचार गरेको छ । व्यास नपा ३ मा रहेको जिल्ला समन्वय समितिको स्वामित्वको जिल्ला अतिथी गृहमा युवाहरुको भेला राखेर काँग्रेसले चुनाव प्रचार गरेको हो ।

तनहुँको चुनावी कमान्डरको रुपमा खटिएका केन्द्रिय सदस्य तथा तनहुँ क्षेत्र नम्बर २ का सांसद शंकर भण्डारी एक सातादेखी सोही सरकारी भवनमा बसेर चुनावी कमान्ड सम्हालेका छन् । उनले दैनिक जसो सोही भवनबाट चुनावी रणनीति बनाईरहेका छन् । आईतबार पनि भण्डारीको पहलमा सरकारी भवनमा काँग्रेसका तरुण तथा विद्यार्थीहरुको भेला आयोजना गरिएको थियो ।

निर्वाचन आचार संहिताले सरकारी तथा सार्वजानिक भवनमा दलको झण्डा तथा चुनाव चिन्ह प्रर्दशन गर्न नपाईने उल्लेख गरेको छ तर काँग्रेसका कार्यकर्ताहरुले सरकारी गेष्ट हाउसको प्राङ्गणमा पार्टीको झन्डा तथा चुनाव चिन्ह प्रर्दशन गरेर सामुहिक तश्विर खिचेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक