बन्दिपुरमा जग्गाको कित्ताकाट खुल्यो

Devghat Online

शेयर गरौ

देवघाट अनलाइन
बन्दिपुर, बैशाख ४

तनहुँको बन्दिपुर गाउँपालिकामा जग्गाको कित्ताकाट खुलेको छ । गाउँपालिकाले जग्गाको वर्गीकरण सहितको प्रतिवेदन पारित गरेसँगै कित्ताकाट खुलेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालका अनुसार चैत्र ३० गतेको भू–उपयोग परिषद बैठकले बन्दिपुर गाउँपालिकाको भू–उपयोग कार्यविधि २०७९ पारित गरेको छ ।
गाउँपालिकाले ६ वटै वडाको जग्गा वर्गीकरण गरी मालपोत कार्यालय तनहुँमा बुझाएको छ ।

भूउपयोग नियमावली अनुसार जग्गा वर्गीकरण गरी आइतवार मालपोत कार्यालय र नापी कार्यालयलाई कित्ताकाट वर्गीकरण पुस्तक हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले जानकारी दिए । तनहुँका केही स्थानिय तहले सम्पुर्ण रुपमा नियमअनुसार नछुट्याएतापनि यस अघि आँबुखैरेनी गाउँपालिका र अहिले बन्दिपुर गाउँपालिकाले जग्गालाई १० क्षेत्रमा वर्गीकरण गरेका छन् ।

अब वडा कार्यालयले कित्ताकाटका लागि सिफारिस प्रदान गर्नेछ । जग्गाको वर्गीकरण गरिएपछि रोकिएको कित्ताकाट खुलाउन मालपोत कार्यालय तनहुँलाइ पत्राचार गरीएको गाउँपालिका अमिन केशव डाँगीले जानकारी दिए ।

गत जेठदेखि जग्गाको कित्ताकाट रोकिएसँगै सर्वसाधारणले जग्गा किनबेच गर्न पाएका थिएनन भने राजस्वसमेत प्रभावित हुन पुगेको थियो । भूमिको वर्गीकरण, समुचित उपयोग र प्रभावकारी व्यवस्थापन गर्ने उद्देश्यले सरकारले भूउपयोग ऐन, २०७६ ल्याएको थियो। उक्त ऐन कार्यान्वयन गर्न यही साल जेठ २३ गते सरकारले भूउपयोग नियमावली, २०७९ ल्यायो ।

नियमअनुसार जग्गालाई कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी–खोला, ताल, सिमसार, सार्वजनिक उपयोग र सांस्कृतिक तथा पुरातात्विक महत्वका क्षेत्रमा वर्गीकरण गर्नुपर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल